जुम्ला । जुम्लाको हिमा गाँउपालिका–२ आधीगाँउमा पहिलो पटक ठूलो धन राशिको खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपालीहरुको ठूलो पर्व दशैंको अवसर पारेर ‘स्वास्थ्यका लागी खेल,खेलका लागी स्वास्थ्य’ भन्ने मुल नाराका साथ आगामी असोज ९ गते प्रतियोगिता सञ्चालन हुने आयोजक विष्णु युवा कलवका अध्यक्ष धिरेन्द्र रोकायाले जानकारी दिए ।
युवाहरुलाई खेलको माध्यमबाट अगाडि बढाउनको लागी लामा बिष्णु युवा क्लवको आयोजनामा हिमागाँउपालिकाको वडा नम्बर २ ओधीगाँउमा खुल्ला भलिबल प्रतियोगिता गराउन लागिएको हो । गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ,दास्रो हुने टिमलाई ५० हजार र तेस्रोटिमलाई २५ हजार नगद पुस्कारकारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आयोजकले टिम दर्ताको लागि सात दिनको समय दिएको छ । आजबाट कार्तिक सात गते विजयादशमीको दिन दिउँसो १२ बजेसम्म खेलाडिहरुले टोली दर्ता गराउन सक्नेछन् । आयोजकले टिम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकेको छ ।