काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्व नजिकिएसँगै खाद्यान्न अभाव, महंगी नियन्त्रण जस्ता कामहरुमा सरकार लागिरेहको बताएका छन् । बिहीबार दसैँको अवसरका शुभकामना दिँदै उनले सबै सांस्कृतिक पर्वहरुले नेपालीहरु जो जहाँ गए पनि एउटै सूत्रमा बाँध्ने काम गरेको बताए ।

उनले भने, ‘खाद्यान्न आपूर्ति तथा चिनीको समस्या आजदेखि हल हुने भएको छ । त्यसका साथसाथै महंगीले गर्दा जनतालाई अलि असहज हुन्छ कि भन्ने थियो । त्यसकारण जनताको लागि सुपथ व्यवस्थादेखि कृत्तिम अभाव र महंगी नहोस् भन्नका लागि अनुगमन प्रक्रियालाई अझ बढी प्रभावकारी बनाउने कोसिस गरिएको छ ।’

उनले भने, ‘यी सबै सांस्कृतिक पर्वहरु नै हुन् जसले हामी नेपालीहरु जो जहाँ गए पनि एउटै सूत्रमा बाँध्ने काममा महत्वपूर्ण भूमिका खेलेको छ ।’ यस्ता ऐतिहासिक सांस्कृतिक पर्वहरुको सम्बन्धमा देशमा कुनै अप्रिय घटना नहोस्, जनतालाई कुनै असुविधा नहोस्, खाद्यान्न लगायत उपभोग्य बस्तुहरु सहज आपूर्ति र निरन्तर भइरहोस् भन्ने कुरामा सरकार जिम्मेवार रहेको उनको भनाई छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

sixteen + seven =