काठमाडौँ
बैंक र बित्तिय सस्था प्रति जनताको बिस्वाश घट्यो, दशैंमा केही व्यापारीको व्यापार भएपनि उनीहरुले व्यापार गरेर आम्दानी गरेको रकम बैंक तथा वित्तिय संस्थामा जम्मा गरेनन् । आआफ्नो घरमा लुकाए । कतिपय माडेहरुले त व्यापार गरेर कमाएको पैसा आफ्रनै देश लगिसके र बैंकमा भएको आफ्नो रकम पनि निकालसके । व्यापारी नै होस् या सर्वसाधारणलाई बैंक तथा वित्तिय संस्थामाथि विश्वास छैन ।
अहिले सर्वसाधारण खुलेआम भन्छन्, ‘ब्याज थोरै दिएपनि सरकारी बैंकमै रकम जम्मा गर्नुपर्छ । निजी बैंक, सहकारी, फाइन्समा बचत गर्नुहुन्न ।’ यता, सरकारी बैंकमा बचत गर्दा समेत कर्मचारीबाटै चोरी हुने गरेको पनि कतिपयको आरोप छ । घुस खाएर कर्मचारीहरुले घरजग्गा, गाडी र सेयरमाथि ठूल्ठूल्लो कर्जा लगानी गर्ने भएकाले सरकारी बैंकमा समेत बचत गर्न सुरक्षित नहुने कतिपयको ठहर छ ।
सरकारी बैंकका कर्मचारी पनि घुसिया हुन् र उनीहरु जे पनि गर्न सक्छन् भनेर सर्वसाधारण जनता भन्छन् । दशैंमा पनि निजी बैंकहरुले बचतकर्ताको रकम फिर्ता नगरेको गुनासो सुनिन्छ । सहकारी त बचतकर्ताको सय रुपैयाँ समेत नदिई बन्द भइहाल्यो । दशैंमा व्यापार नहुने त के बैंकमा पैसा राख्नु तर व्यापार हुनेले समेत बैंकमा बचत गर्न छोडेका छन् ।
अहिले बजारमा दशैंपछि अधिंकाश निजी बैंकहरु भाग्ने तथा बन्द हुने बताइन्छ । करोडौं बचतकर्ताको खर्बो रकम सहकारीले पचाइदिएपछि निजी बैंकमा समेत बचत गर्न जनता डराएका छन् । मानिसहरु अहिले ब्याजको लोभमा सहकारी, बैंकमा बचत नगरी आआफ्नो घरमा रकम सुरक्षित साथ राख्नुपर्ने बताउँछन् ।
अहिले सरकारको आम्दानीको स्रोत केही छैन । रेमिट्यान्सबाहेक अन्य राजस्व संकलनको स्रोत गुम्दै गएको छ । व्यापारव्यवसायमा पूरै मन्दी आइहाले । घरजग्गा, गाडी र सेयरको कारोबार पनि ठप्प भइहाल्यो । यँही घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा सहकारी भाग्नुपरेको थियो भने अब डुब्ने पालो निजी बैंकहरुको आएको छ ।
तीन वर्षअघि आनाको ४५ लाखमा किनेको जग्गा अहिले लाख रुपमा बिक्री हुदैँन । ३२ सयमा किनेको सेयर सय रुपैयाँमा बिक्री हुदैँन । त्यस्तै, २० लाखमा किनेको गाडी लाख रुपैयाँमा बिक्री हुन्न । पहिला घरजग्गा, गाडी र सेयर दलालीहरु दोहोरी साँझ, डान्स बार, रेस्टुरेन्ट जान्थे अनि उनीहरुको आम्दानी हुन्थ्यो ।
तर, अहिले घरजग्गा, गाडी र सेयरको कारोबारमा आएको मन्दीका कारण दलालीहरुले यस्ता ठाउँ जान छोडेका छन् । जसको असर दोहोरी साँझ, डान्स बार र रेस्टुरेन्टमा समेत परेको छ । आम्दानी नहुँदा बन्द हुनुपर्ने अवस्थामा यी संस्था पुगेका छन् ।
अहिले सर्वसाधारणले बैंकमा बचत गर्न त छोडे नै सँगै कर्जा समेत लिन छोडेका छन् । तलब दिन नसकिपछि बैंकले धमाधम कर्मचारी कटौती गरेको छ । त्यस्तै, बैंक पनि एकआपसमा मर्जर भइरहेको छ । व्यापारीहरु दशैंमा पनि पाँच सय र हजारको नोट नदेखिएको बताउँछन् ।
मानिसहरुले सबै पैसा आआफ्नो घरमा लुकाइसकेको उनीहरुको भनाइ छ । सरकारको आम्दानीभन्दा खर्च दोब्बर छ । जनताले कर तिर्न छोडिसकेका छन् । राज्यको ढुकुटीमा राजस्व जम्मा हुन छोडिसक्यो । कर आउने स्रोत अब कतै छैन । राजस्वका मूल स्रोत नैबन्द भएको छ । सरकार पनि खर्च कटौती गर्दैन ।
न सरकारी कर्मचारी, जनप्रतिनिधिको तलबभत्ता कटौती गर्छ न आर्मी नै हटाउँछ । यति मात्र नभई विदेशी ऋण कसरी मिनाहा गराउने भनेर समेत सरकारले चासो देखाएको छैन । अहिले जनता मुलुकको अर्थतन्त्र श्रींलकाभन्दा नाजुक अवस्थामा पुगेको बताउँछन् ।
अहिले पनि प्रधानमन्त्री र अर्थमन्त्री भने जनतालाई भ्रममा पारेर विदेशीसँग ऋण लिदैँ सरकारी कर्मचारी र जनप्रतिनिधिलाई तलबभत्ता खुवाइरहेका छन् त ज्येष्ठ नागरिकलाई भत्ता बाँडेका छन् । अहिले विदेशी ऋण २४ खर्ब पुगिसकेको छ । प्रत्येक नेपालीको टाउकोमा ९० हजार विदेशी ऋण छ ।
केही वर्षमै यसको पनि तेब्बर÷चौब्बर पुग्ने आम नागरिकको भनाइ छ । अर्थमन्त्री प्रकाशशरण महतलाई न देशको माया छ न अर्थतन्त्रको चिन्ता छ । उनलाई जसरी भएपनि आफ्नो कुर्सी कसरी जोगाउने भनेर मात्र चिन्ता छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जग्गाको कारोबार बढ्छ, मूल्य बढ्छ र राज्यको ढुकुटीमा राजस्वको ओइरो लाग्छ भनेर जग्गाको कित्ताकाट फुकुवा गरे ।
तर, यहाँ पनि सरकार असफल भएको छ । कित्ताकाट खुलेपनि जग्गाको कारोबार बढेन । त्यस्तै, १२ करोडको सीमा हटाएपछि सेयरको कारोबार बढ्छ भन्दै सरकारले यो पनि हटायो । यद्यपि, सेयरको कारोबार भने बढेन । अहिले निजी प्लेटको दुई पाङ्ग्रे सवारीसाधन होस् या चार पाङ्ग्रे किन्ने कोही छैन ।
सार्वजनिक यातायातमा सिण्डिकेट छ । ट्याक्सी, फोस्टक ट्याम्पो र ढुवानी गाडीमा ४५ वर्षदेखि सिण्डिकेट छ । दशैंमा समेत बजारमा त्यति चहलपहल देखिएन । दशैंपछाडि व्यापारीहरु पलायन हुनेछन् । अहिले नै मुलुकभरका ६५ प्रतिशत सटर, कोठा र फ्रल्याट खाली भएका छन् ।
अधिंकाश मानिस दशैंपछि झन् अवस्था गम्भीर बन्दै जाने बताउँछन् । बेरोजगारी, महंगी र गरिबीले अहिले जनताको ढाड सेक्दै गएको छ । यसरी नै महंगीले सीमा नाघे गरिब जनता भोकभोकै मर्नुपर्ने अवस्था निम्तिने छ । त्यसैले, अब जनता सरकारको विरोधमा सडकमा उत्र्रिनेछन् । अनि यो आन्दोलनले भ्रष्टाचारी, घुसिया र लुटेराहरुलाई यो देशबाट हटाउनेछ ।
अहिले जनतासँग खाना खाने पैसा छैन अनि कर कसरी तिर्नु ? विदेशीसँग ऋण लिएर पूर्वराजा, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, वर्तमान राष्ट्रपति, प्रधानमन्त्री, जनप्रतिनिधि र सरकारी कर्मचारीहरुले तलबभत्ता खाइरहेका छन् । मुलुकको अवस्थालाई मध्यनजर गर्दै कुनै पनि जनप्रतिनिधि वा पूर्वराजाले नै आफुलाई तलबभत्ता चाहिदैँन भनेर भनेका छन् ।
उनीहरुलाई देश र जनताको माया छैन । यहाँ सबैजना देश र जनताको बारेमा ठूल्ठूल्लो कुरा गर्छन् तर देश नै विदेशीलाई बेचेर उनीहरु तलबभत्ता खान्छन् । सदनमा एउटा पनि सांसद वा मन्त्रीले आफुलाई सरकारी गाडी र तलबभत्ता चाहिदैँन भनेर बोलेको छैन । जनता राजनीतिक दलका नेता र सरकारी कर्मचारीले देश डुबाएको बताउँछन् ।
बुढाबुढीहरु भन्छन्, ‘हामीलाई भत्ता चाहिदैँन, देश बेच्न पाइदैँन ।’ तर, सरकारी सेवाबाट अवकाश कर्मचारीहरु सरकारले पेन्सन नदिए सडक आन्दोलनमा उत्र्रिने बताउँछन् । देशको माया सरकारी कर्मचारीभन्दा सर्वसाधारणमा बढी रहेको प्रमाणित हुन्छ । अहिले एकथरी भन्छन्, ‘नेता र कर्मचारीले देश चलाउन सकेन, अब कुनै देशलाई भाडामा दिए पनि हुन्छ ।’
अर्कोथरी भन्छन्, ‘नेपालमाथि अब अन्य देशले हस्तक्षेप गर्नेछ ।’ नेपालको अर्थतन्त्र नाजुक अवस्थामा पुगिसक्यो भनेर विश्वले थाहा पाइसकेको छ । अब विदेशीले नेपाललाई अनुदान त दिदैँन नै ऋण दिएपनि मिटरब्याजमा दिनेछ । मुलुकको रोजगारीको अभावका कारण दिनहुँ हजारौं युवा विदेशिएका छन् ।
नेपालमा केही छैन भनेर सर्वसाधारणको मनमा परिसकेको छ । हिजो आनाको पाँच हजार पर्ने खेतीयोग्य जमिन आनाकै ८० लाखमा बेच्ने र त्यँही जमिनमा महंगा महंगा ढुंगा हालेर महलजस्तो घर बनाउनेहरु आज डुबेर रुवाबासी गरिरहेका छन् ।
दुई रुपैयाँ किलोमा बिक्री नहुने फलामबाट गाडी बनाएर लाखौंमा खरिदबिक्री गर्ने दलालीहरु पनि आज बौलाएका छन् । त्यस्तै, बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर ३५ सयमा बेच्नेहरु आज पलायन भएका छन् । एउटा सटरको मासिक ११ लाख भाडा उठाउने घरधनीहरु पनि आज सटर खाली हुन थालेपछि चिन्ताले पिरोलिएका छन् ।
यता, एक फ्रयाल्टको २० हजारदेखि डेढ लाख असुल्ने र एउटा सानो कोठाको मासिक १०÷१५ हजार उठाउने घरधनी पनि आज कालोपिरो भएका छन् । मर्जर भएपछि जागिर गएको झोकमा कतिपय बैंकका सिइओले कोशीबाट हामफालेका छन् त कतिपय भट्टी पसलमा व्यस्त छन् ।
सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारी पनि कुनै जेल पुगेका छन् त कुनै देश छोडेर भागेका छन् । अब मुलुकमा के बचेको छ र राजनीतिक दलका नेताहरुले अझै पनि जनतामा भ्रम छर्न ? अहिले राजस्व संकलनको दुई वटा स्रोत अझै पनि बचेको छ । त्यो हो घर र गाडी ।
एउटा घरमा एउटा घरधनीको करोडदेखि अर्बसम्म लगानी छ । दश लाखभन्दा बढी मूल्यको घर अनिवार्य कम्पनीमा लैजानुपर्ने, पञ्जीकरण गर्नुपर्ने र ६÷६ महिनामा प्राधिकरण चेकजाँच गर्नुपर्ने भनेर सरकारले निर्णय गरेमा राज्यको ढुकुटीमा राजस्वको ओइरो लाग्छ । कम्पनीमा नगएको वा पञ्जीकरण नगरेको घरको घरसम्पन्नताको प्रमाणपत्र नदिने र नामसारी पनि रोकिदिने भनेर कानून बनाउनुपर्छ ।
अहिले घरधनीहरुले घर बनाउँदा लगानी गरेको र त्यो घर भाडामा लगाएर आम्दानी गरेको रकमको राजस्व तिरेका छैनन् । एउटा निजी प्लेटको सवारीसाधनमा तीन लाखदेखि २५ करोडसम्म लगानी गरिएको छ । यसको पनि ६÷६ महिनामा जाँचपास, रोडपर्मिेट गर्ने र घरेलु, कम्पनीमा लगेर पञ्जीकरण गर्नुपर्ने भनेर निर्णय गर्नुपर्छ ।
यस्तो नगरेमा सवारीसाधनको दर्ता खारेज गरिदिने र नामसारी रोकिदिने भनेर कानून बनाउनुपर्छ । यदि सरकारले यस्तो गरे राज्यको ढुकुटीमा खर्बो राजस्व संकलन हुनेछ । यता, दुइ पाङ्ग्रे सवारीसाधनको पनि प्रदूषण चेकजाँचको व्यवस्था मिलाउनुपर्छ ।
प्रधानमन्त्री प्रचण्डले अब कि त दिनैपछि मन्त्रिपरिषद्को बैठक राखेर देश र जनताको लागि काम गर्नुपर्छ होइन भने नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ । दाउरा सुरुवाल लगाएर भाषण गर्दै हिड्नुको साटो देश र जनताको हितमा काम गर्नुपर्छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

7 − 4 =