रगत आपूर्ति र बितरणमा भईरहेकाे बेमेललाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान गर्न/गराउन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आज गाेदावरी नगरपालिका अन्तर्गत वडा नम्बर १४ स्थित लाक्षी टाेलमा आज एक बिशेष सम्मान तथा रक्तदान कार्यक्रम एवं ५ किलोमिटर सडक दाैड प्रतियोगिताकाे समेत आयाेजना गरि दशैंकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान गरि समापन गरिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले कार्यक्रमका प्रमुख अतिथि गाेदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई रक्त संकलन थैली हस्तान्तरण गरेर रक्तदान कार्यक्रमकाे शुभारम्भ गर्नुभएको थियो ।
झी बर्यानी पुच:काे आयाेजनामा आयाेजित साे कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा २६ जनाले रक्तदान गर्नुभएको साेहि कार्यक्रममा सडक दाैड प्रतियोगितामा बिजय हुनुभएका खेलाडीहरूलाई पुरस्कार पनि बितरण गर्नुभएको थियोे ।

पुच:का अध्यक्ष निराेज महर्जनको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा बिशेष अतिथि गाेदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी र अतिथिमा १४ नम्बर वडाका वडाध्यक्ष निराेज बज्राचार्य हुनुहुन्थ्यो । पुच:का अध्यक्ष एवं कार्यक्रमका सभापतिले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यलाई बुध्दकाे प्रतिमा मायाकाे चिनाे स्वरूप प्रदान गर्नुभएको थियो।
सम्बन्धित खबर
काठमाडौं महानगरले गरीब घरपरिवारबाट करार कर्मचारी राख्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले गरीब घरपरिवार पहिचानका लागि तथ्याङ्क संकलन गर्ने भएको छ । शनिबार एक सूचना जारी गर्दै महानगरले…
सहकारी पीडितहरुले भन्न थाले, ‘सहकारी त भाग्यो सरकारी कार्यालय पनि भागे जस्तो छ’
काठमाडौँ सहकारी कार्यालय खोज्दै बिजुलीबजार आएका पीडितहरुले भन्न थाले, ‘सहकारी त भाग्यो सरकारी कार्यालय पनि भाग्यो जस्तो छ’ बागमती प्रदेशको…
काठमाण्डौमा बढ्दै घर जग्गा कारोबार कहाँ के कति हुदै?
काठमाडौं । काठमाडौं उपत्यकामा चार महिनामा १३ हजार भन्दा बढी घर जग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख…