काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । यूएईले टस जितेपछि फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
यो सँगै घरेलु टोली नेपाल र युएईबीच त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि फाइनल प्रतिस्पर्धा सुरु भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल भैरहेको छ ।
यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो । हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा परेसँगै फाइनलमा उपाधिकालागि प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । यसअघि भएका ४ खेल मध्ये नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो । युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा युएई दोस्रो भएर फाइनल पुगेको हो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

15 + 3 =