काठमाडौं । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले नेपालकै इतिहासमा कलेजो र मृगौलाको एकैसाथ सफल प्रत्यारोपण गरिएको दाबी गरेको छ । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अस्पतालले जटिल एवंम् दुर्लभ प्रकृतिको कलेजो र मृगौलाको एकै साथसफल प्रत्यारोपण गरिएको र विरामी स्वास्थ्य लाभ गरी घर फर्किएको जानकारी दिएको हो ।

यस प्रकारको शल्यक्रिया नेपालकै इतिहासमा पहिलो पटक सफल भएको अस्पतालले जनाएको छ । ‘जटिल एवंम् दुर्लभ प्रकृतिको दुवै अङ्गहरु कलेजो र मृगौलाको एकैसाथसम्पन्न प्रत्यारोपण सफल भएकोछ । स्वास्थ्य लाभ पश्चात विरामीलाई आज किष्ट शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएकोछ । यस प्रकारको शल्यक्रिया नेपालकै इतिहासमा पहिलो पटक सम्पन्न भएको हो ।’अस्पतालले लामो समयदेखि डायलाईसिस सेवा लिईरहेकी विरामीको रोगको पहिचान किष्ट अस्पतालमा नै गरी दुवै अङ्गको एकैसाथ प्रत्यारोपण शल्यक्रिया मात्र अन्तिम उपाय ठहर गरी अस्पतालले शल्यक्रियाको तयारी गरेको जनाएको छ ।

‘ लामो समयदेखि डायलाईसिस सेवा लिईरहेकी उनको यो दुर्लभ रोगको पहिचान किष्ट अस्पतालमा नै भएको थियो । बिरामीको जीवन रक्षार्थ दुवै अङ्गको एकै साथ प्रत्यारोपण शल्यक्रिया मात्र अन्तिम उपाय ठहर गरी अस्पतालले शल्यक्रियाको तयारी गरेको थियो ।’
अस्पतालले १०० जना भन्दाबढी स्वास्थ्यकर्मी परिचालित गरी भदौं २२ गते १८ घण्टाभन्दा बढी समय लगाएर दुवै अङ्गहरुको एकैसाथ प्रत्यारोपण सम्पन्न भएको जानकारी दिएको हो। ‘१०० जना भन्दा बढी स्वास्थ्यकर्मी परिचालित गरी १८ घण्टा भन्दा बढी समय लगाएर दुवै अङ्गहरुको एकै साथ मिति २०६०÷०६÷२२ मा प्रत्यारोपण सम्पन्न भएको थियो । कलेजो प्रत्यारोपण चिकित्सक टोलीले शुरुमा कलेजो दाताको शल्यक्रिया गरी लगत्तै कलेजो ग्रहणकर्ताको शल्यकृया गरेको थियो ।’

विरामीको कलेजोमा भएको जन्मजात रोगका कारण दुवै मृगौला बिग्रन गएको थियो ।

 

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

18 − 13 =