काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिनको २ः३० बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने छ ।

मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा आजको बैठकमा छलफल हुने छ । विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।

साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धि ३ महिने अभियानबारे समेत समिक्षा हुने छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

seven − four =