काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाण्डौ जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार काठमाण्डौ ढल्कोस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित भेलाले अजित पुतुवारको अध्यक्षतामा २८ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षमा श्रीजनमान श्रेष्ठ, महेश अधिकारी, सचिव विमल पौडेल, सहसचिव विनु श्रेष्ठ, रोजी अवाले रहेका छन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न पुनर्गठन कार्यक्रममा बागमती प्रदेश इन्चार्ज सुशीला श्रेष्ठ, केन्द्रीय नेताहरु लालबहादुर तामाङ, राधाकृष्ण महर्जन,सोनाम लामालगायतको उपस्थिति रहेको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

2 × 5 =