काठमाडौं । जाजरकोटको रामी डाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ । विनाशकारी भूकम्पका कारण मानवीय र भौतिक क्षतिको शिकार बनेको जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि ललितपुर स्थित ईमाडोलमा रहेको थ्रेड गार्मेण्टले ५ लाख बराबरको ३ सय पिस ज्याकेट गार्मेण्डका बजार ब्यबस्थापक बिकास तिमल्सिनाको हातबाट हस्तान्तरण गरेको छ ।
यसैगरी गार्मेण्टले सरकारको दैवी प्रकोप उद्धार कोषमा नगद १ लाख रुपैयाँ सहयोग गर्नेछ । गार्मेण्टले आज हेमराज गिरि लगायतको टिम मार्फत जिल्ला विपद व्यवस्थापन समितीका संयोजक रबिन धितालको हातमा पुग्नेगरी गार्मेण्टबाट सामान पठाएको छ । कोभिड–१९ का बेला पनि गार्मेण्टले पीपीई बनाएर विभिन्न अस्पताललाई निःशुल्क रूपमा वितरण गरेको थियो ।
गार्मेण्टका प्रमुख कृष्णराज तिमल्सिनाले प्राकृतिक प्रकोपमा परेको समयमा निकै पीडा हुने कुरा आफैले २०७२ सालको महाभुकम्पबाट भोगेको हुँदा यो अवस्थामा पिडामा रहेका नागरिकको पिडामा केही मात्रामा भएपनी मलम लगाउन मद्धत मिल्ने आशाका साथ सहयोग गरेको बताए । साथै उनले यो समयमा सबै नेपाली आ-आफ्नो स्थानबाट सक्ने सहयोग गरिदिन समेत आग्रह गरेका छन ।