रौतहट । बैक, लघुवित्त तथा सहकारी संस्थाको चर्को ब्याजविरुद्ध चन्द्रनिगाहपुरमा ‘हाडिया जुलुस’ निकालिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियान मधेश प्रदेशको आयोजनामा जुलुस निकालिएको हो ।

जुलुसले हाम्रो बचत फिर्ता गर, ठूला बैंकको ब्याज ६ प्रतिशत कायम गर, २० लाखसम्मको ऋण, लघुवित्त सहकारी संस्था खारेज गर लगायतका नारा लगाउँदै चन्द्रनिगाहपुर बजार परिक्रममा गरेको थियो । जुलुसमा उल्लेख्य संख्यामा महिलाको सहभागिता थियो । उनीहरुले हातमा हाडिया बोकेर प्रदर्शन गरेका थिए । बैक, लघुवित्त तथा सहकारी संस्थाको विरोधमा १८ महिनादेखि कार्यक्रम गर्दै आएको समितिका रौतहट अध्यक्ष भगवान साहले बताए ।

बैक तथा लघुवितको चर्को ब्याजका कारण समस्या परेकाले वाध्य भएर सडकमा आउनु परेको उनको भनाई छ । वित्तीय संस्थाको ब्याजदर घटाउनका लागि दबावस्वरुप आन्दोलनका कार्यक्रम गरिएको उनले बताए । काठमाडौंमा मंसिर ७ गते हुने सभाका लागि सहभागिता आह्वानमा यो जुलुस तथा सभा गरिएको साहले जनाए । प्रदर्शनमा यातायात विभाग प्रमुख सानु गुर्मछाने मगर, अभियानका सदस्य हरि पाठक, सोनम लामा, मनोज थापा, तुलसी राम लगायतको सहभागिता थियो । भेलामा सहभागी वक्ताहरुले बैक, लघुविब् तथा सहकारी संस्थाको चर्को ब्याजको विरोध गरेका थिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eight + 20 =