काठमाडौं । नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष सुनील केसीले व्यवसाय क्षेत्रमा आत्मविश्वासको कमी भएको बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल बैंकर्स एसोसियसनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘बिजनेस क्षेत्रमा कन्फिडेन्स कम भएको छ । पछिल्लो समयमा एउटा दृष्टिकोण बनेको छ, बैंकरले नाफामात्र लिन्छ जे गरेपनि नाफा नै हुने हो भन्ने खालको । तर कुरा यस्तो होइन । त्यसको असर हामीलाई पनि पर्छ । बाहिरतिर चाहिँ सानो सानो व्यवसायलाई पनि सरकारले प्रोत्साहनको प्याकेज दिएर संरक्षण गर्ने गरेको पाइन्छ तर नेपालमा यस्तो भएको छैन ।’

त्यसो नगर्नुको असर अहिले देखिएको उनको भनाइ छ । साना व्यवसायहरुको विकास नै हुन नसकेको भन्दै उनले त्यस्ता व्यवसायको प्रवर्द्धनका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

‘अहिलेको स्थिति डराउनुपर्ने खालको छैन’ केसीले भने, ‘तर केही सजग भएर व्यवस्थापन चाँहि गर्नुपर्छ ।’

Submit a Comment

Your email address will not be published. Required fields are marked *

five × 4 =