काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले एसियन मुलुकका बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । आज काठमाडौंमा भएको ३९ औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एण्ड कन्फरेन्समा मन्त्री महतले नेपालको ऊर्जा क्षेत्रमा ठूलो सम्भावना रहेको भन्दै जलविद्युतमा लगानी गर्न आग्रह गरेका हुन् ।

महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्नेलाई सरकारले पूर्ण सहयोग गर्ने र लगानीकर्ताको सुरक्षा गर्ने प्रतिबद्धता जनाए ।
उनले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य र त्यसमा सरकारले नीतिगत रूपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने उल्लेख गरे ।

महतले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको भन्दै सरकारले विद्युत उत्पादन, साना उद्योग तथा कृषिको क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिहरेको दाबी गरे ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

14 + 14 =