स्याङ्जा । गल्याङ नगरपालिकाका नगर उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक हेमा न्यौपानेको नेतृत्वमा चाडपर्व लाई लक्षित गरी बजार अनुगमन गरिएको छ। न्यौपानेको उपस्थितिमा जनप्रतिनिधि ,गल्याङ नगरपालिकाका कर्मचारी , गल्याङ उधोग वाणिज्य संघ , गल्याङ चेम्बर अफ कमर्सका प्रतिनिधि ,गल्याङ चौकीका सुरक्षाकर्मी, नगर प्रहरी ,पत्रकार साथै स्थानीय वासीहरुको सहभागीतामा गल्याङ नगरपालिका वडा नम्बर ८ को करादि,वडा नम्बर ३ को बल्पुक,वडा नम्बर १ को मालुङगा बजारमा बजार अनुगमन गरिएको थियो। अनुगमन बाट म्याद गुज्रिएका सामान , अखाद्य वस्तुहरुको जफत गरि ब्यापारी हरुलाई सचेत समेत गराईएको थियो। अनुगमनका क्रममा केहि बरामत गरीएका सामान हरु नष्ट गरिएको एक अनुगमनका सदस्यले स्मार्टपाटी लाई जानकारी दिएका थिए।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eighteen + 19 =