काठमाडौं । काठमाडौं चेम्बर अफ कमर्शका अध्यक्ष कृष्णमान श्रेष्ठले तिहारमा स्वदेशमा उत्पादन भएको गुणस्तरीय एवं ताजा फूल प्रयोग गर्न आग्रह गरेका छन् । महानगर प्रहरी र व्यवसायीको पत्रकार भेटघाट कार्यक्रममा उनले ९० प्रतिशत भारतमा निर्भर रहने फूल अहिले १७ प्रतिशत आयात प्रतिस्थापन गरेको भन्दै यसमा सुधार गर्नका लागि स्वदेशमा उत्पादित फूल प्रयोग गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘तिहारमा स्वदेशमै उत्पादन भएको गुणस्तरीय र ताजा फूल प्रयोग गर्न पाऔं भनेर हामी अभियानमा लागेका छौं । फूल उत्पादन गर्ने काममा महिलाहरु बढी संख्यामा लागेका छन् । पहिले ९० प्रतिशत भारतमा निर्भर रहनु पर्ने अवस्था रहेकामा १७ प्रतिशत आयात प्रतिस्थापन गरेका छौं । उपभोक्ताले स्वदेशमा उत्पादित फूल प्रयोग गर्ने हो भने स्वरोजगार पनि बढ्न सक्छ र देशको आर्थिक अवस्थामा पनि मद्दत पुग्छ ।’

कार्यक्रममा महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले महानगरको क्षेत्रभित्र बिक्री केन्द्रको व्यवस्था गर्ने प्रयास भइरहेको भन्दै तिहारमा स्वदेशी फूल प्रयोग गरेर नेपाली किसानलाई प्रोत्साहित गर्न अनुरोध गरे । उनले भने, ‘आगामी दिनमा व्यवस्थित रुपमा महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा बिक्री केन्द्र तोकेर बृहत रुपमा अगाडि बढाउने प्रयासमा छौ । हाललाई यो तिहारको उपलक्ष्यमा नेपालमा उत्पादित फूल प्रयोग गरेर नेपाली किसानलाई प्रोत्साहित गर्न अनुरोध गर्दछु ।’

Submit a Comment

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =