काठमाडौं । जाजरकोटको रामी डाँडालाई केन्द्रबिन्दु बनाएर गएको  विनाशकारी भूकम्पका कारण मानवीय र भौतिक क्षतिको शिकार बनेको जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि ललितपुर स्थित ईमाडोलमा रहेको थ्रेड गार्मेण्टले गत आईतवार ५ लाख बराबरको ३ सय पिस ज्याकेट गार्मेण्डका बजार ब्यबस्थापक बिकास तिमल्सिनाले हेमराज गिरि लगायतका समुहका मार्फत  जिल्ला विपद व्यवस्थापन समितीका संयोजक रबिन धितालको हातमा पुग्नेगरी गार्मेण्टबाट पठाएको सामान जाजरकोटका भुकम्प प्रभावितलाई वितरण गरिएको छ ।

गत २६ गते जाजरकोट स्थित नलगाड नगरपालिका जाजरकोट वडा न ३ चावलेचौरमा सोही नगरपालिका वडा नं ३ का वडाअध्यक्ष कौसी बहादुर बिष्ट वडा नं ५ का वमराज वली , वडा नं ६ का बिरेन्द्र खड्का र वडा नं ७ का वडाअध्यक्ष कृष्ण गिरिको उपस्थितिमा वडा नं ३ मा ७० थान , ७ मा १५० थान , ५ मा ५० थान र ६ मा ३० थान ज्याकेट वितरण गरिएको हो । यसैगरी गार्मेण्टले सरकारको दैवी प्रकोप उद्धार कोषमा नगद १ लाख रुपैयाँ सहयोग गर्नेछ ।  कोभिड–१९ का बेला पनि गार्मेण्टले पीपीई बनाएर विभिन्न अस्पताललाई निःशुल्क रूपमा वितरण गरेको थियो ।

गार्मेण्टका प्रमुख कृष्णराज तिमल्सिनाले प्राकृतिक प्रकोपमा परेको समयमा निकै पीडा हुने कुरा आफैले २०७२ सालको महाभुकम्पबाट भोगेको हुँदा यो अवस्थामा पिडामा रहेका नागरिकको पिडामा केही मात्रामा भएपनी मलम लगाउन मद्धत मिल्ने आशाका साथ सहयोग गरेको बताए । साथै उनले यो समयमा सबै नेपाली आ-आफ्नो स्थानबाट सक्ने सहयोग गरिदिन समेत आग्रह गरेका छन ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eight + ten =