सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका अवस्थित घोर्थलिमा निर्माणाधीन सार्वजनिक कग्यु गुम्बा निर्माणको काम गत साउन महिनाबाट ठप्प भएको छ । २०७९ सालमा प्रदेश सरकारबाट विनियोजित ३० लाख बजेटले एक ढलान संगै माथी पिलर उठाउने काम भए पश्चात् निर्माणको काम रोकिएको हो ।

प्रदेश सरकारले दिएको बजेटबाट गुम्बा निर्माणको काम सम्पन्न गर्न नसके संगै यतिबेला कग्यु गुम्बा पुर्वाधार निर्माण उपभोक्ता समितीका अध्यक्ष सुर्य बहादुर जिरेल आर्थिक सहयोगको निम्ति विभिन्न निकाय धाईरहेका छन भने आफुले जिनेजानेका संग पनि सहयोगको अपिल गरिरहेका छन ।

हालसम्म एक ढलानको मात्र काम सकिएपनी गुम्बा सम्पन्न हुन दुई ढलान सकेर माथी पिलर उठाउने सम्मको काम गर्ने उदेश्य रहेको अध्यक्ष जिरेलले बताए । बांकी काम रकम उठेको खण्डमा करिब एक बर्षमा सम्पन्न हुने हुँदा भगवान प्रतिको आस्था र बिश्वासलाई जोगाईराख्न र भगवान गौतम बुद्धको देश भनेर गर्व गर्न सकिने अवस्था कायम राख्नका निम्ति भएपनी सबैले सकेको सहयोग गरिदिन उनी अपिल गर्दछन ।

जिरेलको सामाजिक संजाल मार्फत: उपरोक्त सम्बन्धमा सिन्धुपाल्चोक जिल्ला अवस्थित त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ घोर्थलिमा निर्माणाधीन सार्वजनिक कग्यु गुम्बा निर्माणको लागि २०७९ सालमा प्रदेश सरकारले बिनियोजित ३० लाख बजेटले हालसम्म गुम्बाको एक ढलानको काम संगै माथी पिलर उठाउने काम मात्रै सम्पन्न भएको र बिगत ४ महिना देखि उक्त गुम्बाको बाँकी काम अगाडि बढाउन आर्थिक समस्या सिर्जना भएको हुँदा सम्पुर्ण सहयोगीमनहरुमा सहयोग गरिदिनुहुनको निम्ति हार्दिक अनुरोध गर्दछौं । सहयोगको लागि कग्यु गुम्बा पुर्वाधार निर्माण उपभोक्ता समितीको नाममा रहेको कृषि विकास बैंक बाह्र्बिसे शाखाको खाता नं ०२१३७०५२३३६१९०१६ वा अध्यक्ष सुर्य बहादुर जिरेल ( ९८४९२४४०७४ ) , सचिव लक्ष्मण जिरेल ( ९८४८००५३६३ ) र कोषाध्यक्ष तिसु माँया जिरेल ( ९८६००४०८१२ ) मा सम्पर्क गरेर पनि सहयोग गर्नसक्नुहुनेछ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

fourteen − ten =