काठमाडौं । झन्डै डेड महिनादेखि इजरायल –हमास द्वन्द्वमा सम्पर्कविहीन बनेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन् ।
प्यालेस्टाइनी विद्रोहीसमूह हमासको नियन्त्रणमारहेको छोराको रिहाइका लागि विपिनका बुबा महानन्द जोशी र आमा पद्मा जोशीलेमन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर आग्रह गरेको परराष्ट्र सचिवालयले जनाएको छ । भेटमा विपिनका बुबाआमालेसाउदलाई छोराको चिन्ता धेरै भैरहेको भन्दै चाँडोभन्दा चाँडो छोराको रिहाइका लागिसरकारले पहल गरिदिनका लागि आग्रह गरेका हुन । नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत पनि मन्त्री साउदलाई ज्ञापनपत्र पठाएका थिए ।
गत असोज २१ मा हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपाली विद्यागर्थीको मृत्यु भएको थियो । ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्र्तगत सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि इजरायल गएका विपिन हमासको नियन्त्रणमा रहेको अधिकारीहरुको आंकलन छ ।