काठमाडौँ ।
दक्षिण कोरियाका सांसद साङ हनको संयोजन तथा र गैर आवासीय नेपाली राष्ट्रिय सामन्वय परिषद (NRNA) दक्षिण कोरियाको सहकार्यमा नेपाल-कोरिया कुटनैतिक सम्बन्ध सुदृढीकरण तथा सहयोग आदान प्रदानका लागि राष्ट्रिय सभाको सभा हलमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम सफल पार्नको लागि व्यवसायी मनोज भारतीले मुख्य भूमिका खेलेका छन्।

कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम नेकपा एमालेका प्रमुख सचेतक माननिय पदम गिरी,माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी आपुर्ति मन्त्री बिना मगर, नेपाली काङ्रेसका संघीय सांसद प्रदिप पौडेल कोरीयाका लागी नेपाली राजदुत ज्योती प्याकुरेल र कोरियाबाट राष्ट्रीय सभा संस्कृति, खेलकुद तथा पयॅटन समितीको अध्यक्ष लि स्याङ्ग हन, अन्तर्राष्ट्रिय मामिला सम्झौता सेवा विभागका लागि निर्देशक कांग सु योङ्ग, नेपालका लागी पूर्व राजदुत पार्क जोङ्ग स्योक, कोईका एसिया प्रसान्त कार्यालय निर्देशक जो हन ग्याल, राष्ट्रिय सभाको सदस्य हंगकि वन, किम होंग गाल लगायतको उपस्थितिमा भएको एतिहासिक कार्यक्रम सम्पन्न भएको छ । उक्त एतिहासिक  कार्यक्रम सफल पार्नको लागि नेपालबाट बिशेष भुमिका निभाई सहयोग गरि कोरिया सम्म आउनुभएका  मनोज भारती सफल  व्यवसायीको भूमिका  प्रशंसनीय रहेको थियो। उनी यस अघि कोरियामै बसेर लामो समय काम गरेका र त्यँहाको समस्याहरुलाई नजिक बाट नियालेका ब्यक्ति पनि हुन् । अहिले  उनि आफै त्यँहाको विभिन्न समस्याहरुको समाधानको लागि समन्वय गर्ने ठाउँमा पुगेका छन्।

उनले कामदारलाई पेन्सेनको रुपमा पाउन पर्ने सेवा सुबिधाको बारेमा ईन्सुरेन्स प्रमुखसग छलफल सम्पन्न् भएको समेत जानकारी दिएका छन्। यो कदमले छिट्टै नै सकरात्मक नतिजा निस्कने उनको बिश्वास छ। भारती कोरिया बाट नेपाल फर्के पछि प्रवासबाट आर्जित शिप ज्ञान र पुंजी स्वदेशको लागि भन्ने नारा लिएर खुलेको सस्था रिटर्नी माइग्रेन्ट नेपालका  सल्लाहाकार समेत रहेका छन् हाल उनले नेपालमा फिट विल गार्मेन्ट ब्यबसाय संचालन गरेका छन् जहाँ २०० जना भन्दा बढी नेपाली लाई रोजगारी पनि दिएका  छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

five + six =