काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबार एक लाख १५ हजार ५ सय मा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन एक लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय ५० रुपैयाँ तोकिएको छ ।

तिहार बिदाको अघिल्लो दिनसम्म छापावाल सुनको मूल्य एक लाख १३ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =