स्याङ्गजा
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले सबैले आफ्नो कर्तव्यलाई आत्मसाथ गरेर कर्म गर्न सके मात्रै आफ्नो जिम्मेबारी पुरा हुने कुरा बताउनु भयो ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.४ कुरुङ्चेमा आयोजित स्वर्गीय टोपला न्यौपानेको ३४ औं पुण्य तिथीका अबसरमा आयोजित वडास्तरीय एकल महिला तथा एकल पुरुष सम्मान र भोजन गराउने कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो आफूलाई जन्म दिने बुवा आमा भगवान सम्म हुने बताउदै उहाँहरुको लालनपालन र संरक्षण गर्ने जिम्मेबारी हाम्रो भएको बताउदै पछिल्लो समय त्यस्ता कुरालाई विर्सेर समाजमा जेष्ठ नागरिक एकल महिलाहरु हेलत्व हुनु परिरहेको कुरा उहाँले बताउनु भयो ।
यस्तो परिवेशमा सहि र सकरात्मक सन्देश दिने उदेश्यले स्वर्गीय टोपला न्यौपानेका नाती ढाकाराम न्यौपाने र पल्लाघरे परिवारले अनुकरणीय कार्य गरेको प्रति धन्यवाद दिनु भयो ।


नगर प्रमुख भट्टराईले भन्नु भयो हामी मानव जाति मानवीय सेवा र मानव हितमा लाग्नु पर्ने कुरा बताए ।
अर्को एक प्रशङ्गमा गल्याङ नगर प्रमुख भट्टराईले गल्याङ निवुवाखर्क सेतीबेणी सडक कालोपत्रे गर्ने र वडा भित्रको सडक सञ्जाल विस्तार गर्ने खानेपानी तथा सिंचाई शिक्षा स्वास्थ्यका क्षेत्रमा प्रभावकारी रुपमा विकास निर्माण कार्यलाई अगाडि बढाएको कुरा बताउदै विकास गाउँ गाउँमा बसोबास सहरमा गर्ने गर्दा गाउँमा बुढाबुढी मात्रै बस्ने समस्या बन्दै गईरहेको कुरा बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस गल्याङ नगर कार्य समितिका सभापति श्याम प्रसाद बस्यालले आफ्नो पितृको कार्यमा गरिएका असल कर्मले हामीलाई सबै सफलताको बाटोमा अगाडि वढ्न टेवा मिल्ने कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो गल्याङ नगरपालिका विकास निर्माणको योजना सहित गाउँ बस्तीमा छिरेको बताउदै सबै मिलेर नगरेको विकासमा एक हुन आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका  उपप्रमुख हेमा न्यौपानेले समाजमा रहेका जेष्ठ नागरिक र एकल महिला एकलै नभएको अनुभूती दिलाउने काम गर्नु भएकोमा न्यौपाने परिवारलाई धन्यवाद दिनु भयो ।
स्वर्गीय टोपला न्यौपानेका नाती ढाकाराम न्यौपानेले भन्नु भयो दान गर्नु पुण्य कमाउनु हो त्यसैले धन कमाएर मात्रै हुदैनन् दान पनि गर्न जान्नु पर्ने मान्यताले आफूले यस्तो कार्य गरेको कुरा बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.४ भित्रका ९० एकल महिला र २५ जना एकल पुरुष गरि ११५ जनालाई दोसल्ला जुत्ता प्रदान गरेर तथा भोजन गराएर सम्मान गरिएको थियो ।
स्वर्गीय टोपला न्यौपानेका जेष्ठ सुपुत्र मुक्ति प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य मणि प्रसाद न्यौपानेले र कार्यक्रमको सञ्चालन गल्याङ नगरपालिका वडा नं.४ का वडाअध्यक्ष ढाकाराम न्यौपानेले गर्नु भएको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

twenty + 10 =