मुगु । छायाँनाथ रारा नगरपालिका ४ भामवाडाका अग्निपीडित कुन्तरी रावलको परिवारलाई आर्थिक सहयोग गरिएको छ । विभिन्न देशमा रहेका मुगाली रारा प्रबास समाजका सदस्यहरुले संकलन गरेको ३० हजार ३ सय ४५ रुपैयाँको चेक समाजका सदस्य तथा पत्रकार दानबहादुर बुढाले पीडितलाई हस्तान्तरण गरे ।

आगलागीमा घरभित्र रहेका अन्न, भाँडाकुँडा, कपडालगायत सबै सम्पत्ति नष्ट भएकाले छायाँनाथ रारा नगरपालिकाले राहतस्वरूप ३५ हजार रुपयाँ र नेपाल रेडक्रस शाखा कार्यालय मुगुबाट त्रिपाल, खाद्यान्न र भाँडाकुँडा सहयोग गरिएको थियो । विदेशमा रहेका जिल्लाबासीको सहयोग पाएपछि पीडित कुन्तरी रावलले खुसी व्यक्त गर्दै सहयोगीहरुलाई धन्यवाद दिइन् ।

गत कात्तिक २३ गते छायाँनाथ रारा नगरपालिका वडा–४ भामवाडामा विद्युतको तार सर्ट हुँदा घर जलेर नष्ट भएको थियो । तीन तलाको घरमा आगो सल्किएपछि घरभित्र रहेका कपडा, कोदो, चामल, खानेकुरा, बालबालिकाका किताब, नगद र गरगहना जलेर नष्ट भएको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

15 − 5 =