काठमाडौँ
पछिल्लो समय अधिंकाश मानिसमा डिप्रेसनको समस्या छ । करिब तीन महिनामा अठार सय बढी व्यक्तिले आत्महत्या गरेका छन् । सार्वजनिक स्थल, चियापसल लगायतमा धेरै मानिसहरु व्यापार व्यवसाय ठप्प हुँदा डुबेको बताइन्छ । दिनप्रति दिन अवस्था नाजुक हुदैँ गएको छ ।
अहिले त बाँच्नै नसक्ने अवस्था निम्तिएको छ । बजारमा आर्थिक मन्दी झन् बढ्दै गएको छ । व्यापारीहरुमा निराशा छाएको छ । सरकारले आर्थिक मन्दी हट्छ भनेर आशा देखाइरहँदा व्यवसायीहरु भने व्यापार नभएपछि डुबेर कि त पलायन भएका छन् कि आत्महत्याको बाटो रोजेका छन् ।
हिजो बिहान ११ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय सांसद भवनअगाडि सार्वजनिक स्थलमा बुढाबूढीहरु कुरा गरिरहेका थिए । उनीहरुको भनाइअनुसार दुई वर्षअघि आफुसँग भएको सेयर बेच्दा ३५ लाख आउनेमा अहिले पाँच लाख पनि आउँदैन ।
घरजग्गा र गाडीको अवस्था पनि त्यस्तै छ । हुँदाहुदैँ व्यापार व्यवसाय समेत ठप्प भएको छ । अब इतिहासकै जटिल परिस्थिति भोग्नुपर्ने दिन आएको छ । लुटपाट, चोरी, डकैती, हत्या, हिंसा हवात्तै बढ्ने उनीहरुले बताउँदैथे ।
नयाँ बानेश्वर वरपरका व्यापारीहरु पनि त्यहाँ घाम ताप्न आएका थिए । उनीहरुले भने, ‘दिनभरमा बहनी हुदैँन । भाडा मासिक लाखौं तिर्नुपर्छ । अनि कसरी तिर्ने ?’ बजारमा अधिंकाश मानिस सहकारीले डुबाएको गुनासो गर्छन् । ५० हजारदेखि १३ करोडसम्म सहकारीले खाइदिएको उनीहरु बताउँछन् ।
त्यहाँ घाम ताप्न आएकामध्ये पनि सहकारीले नठगेको कोही नरहेको बुझियो । अहिले आत्महत्या गर्नेको संख्या बढ्नुको कारण एकातिर सहकारीले रकम खाइदिनु अर्को घरजग्गा, व्यापार व्यवसायमा मन्दी आउनु हो । बैंकमा समेत बचतकर्ताको रकम सुरक्षित छैन । बचत फिर्ता माग्न जाँदा बैंकका कर्मचारीहरु केरकार गर्छन् ।
यहाँ व्यापार व्यवसाय डुबेपनि वा सहकारीले रकम खाइदिएपनि कतिपय मानिसहरु सबै कुरा सहेर विदेश पलायन भए । तर, जो व्यक्तिको विदेश जाने उमेर कटेको थियो, घरपरिवारको टर्चर सहन सकेन उसले आत्महत्या गप्यो । तीन महिनामा अठार सय बढीले आत्महत्या गर्नु भनेको एक दिनमा झण्डै दुई दर्जन मानिसले आत्महत्या गर्नु हो ।
२०५२ फागुल्न १ गतेदेखि ०६३ सालसम्म दश वर्षे जनयुद्धमा १७ हजार सर्वसाधारणले ज्यान गुमाउँदा मुलुकमा बहुदलीय व्यवस्था हट्यो । र, संघीय लोकतान्त्रिक गणतान्त्रत्मक व्यवस्था आयो । अहिले दिनहुँ यत्रो मानिसले आत्महत्या गरिरहेका छन् । सवारी दुर्घटनामा दिनहुँ ११ जनाले आफ्नो ज्यान गुमाउँछन् ।
विदेशबाट पनि दिनहुँ एक दर्जन बढी नेपालीको शव विमानस्थल आइपुग्छ । तर, सरकारलाई केही मतलब छैन । यत्रो सर्वसाधारणले किन र कसरी आफ्नो ज्यान गुमाए त्यसको अध्ययन सरकार गर्दैन । पहिला पहिला एउटै व्यक्तिको पाँच जनादेखि १२ जनासम्म सन्तान हुन्थ्यो ।
अहिले त कतिपयको एउटा मात्र सन्तान हुन्छ त कतिपयको दुई वटा । त्यसमाथि कतिपयले त विवाह गरेपनि सन्तान पाउँदैंनन् । पहिला पहिला विदेश जाने चलन थिएन । खेतीपाती गरेर आफ्रनै मुलुकमा बसिन्थ्यो । अहिले त विदेश जाने रहर चलेको छ । त्यो चाँहे पढ्ने नाममा होस् या रोजगारीका लागि ।
बाआमाले लाखौं लगानी गरेर आफ्ना सन्ततिलाई पढाउनका लागि अहिले अमेरिका, अस्ट्रेलिया लगायत मुलुक पठाउँछन् । तर, सन्ततिहरु तीनै आमाबुबा बिरामी हुँदा वा मर्दा समेत फर्किदैंनन् । पहिला पहिला जन्मिएको दशदेखि बाह्र वर्षमा विवाह गरिदिइन्थ्यो ।
अहिले सरकारले विवाहसम्बन्धी कानून ल्याएको छ । २० वर्षभन्दा मुनिको उमेरमा विवाह गर्न पाइन्न । त्यसो गरेमा बालविवाहको मुद्दा लाग्छ । तर, पछिल्लो समय बजारमा अधिंकाश मानिसले विवाह नगरेको पाइन्छ ।
मुलुकको विकास र सुरक्षा जनताले गर्छन् । कर तिर्छन् पनि जनता नै । तर, एकातिर जनताले आत्महत्याको बाटो रोज्नु, अर्कोतिर विदेश वा स्वदेशमा विभिन्न कारणले जनता मर्दा उसको घरपरिवार र राज्य दुवैलाई क्षति पुगेको छ ।
सरकारले अब जनता मर्न दिनुहुन्न । आत्महत्या निरुत्साहित वा न्यूनीकरण गर्नुपर्छ । जनताले किन आत्महत्या गरिरहेका छन् त ? त्यसको कारण सरकारले खोज्नुपर्छ । सँगै विदेश वा स्वदेशमा दिनहुँ यत्रो सर्वसाधारण मर्नुको कारण पनि खोज्नुपर्छ ।
राजनीतिक दलका नेताहरु पनि चर्चामा आउन विवाह नै नगरी बसेका छन् । सरकारी कर्मचारीहरुमा पनि बिहे गरेर के हुन्छ ? भन्ने सोच पलाएको छ । विवाह गरिहाले पनि एउटाभन्दा बढी सन्तान नजन्माउने । केही कारणवश त्यो सन्तानको दुर्घटनामा मुत्यु भएमा बुढेकालमा आमाबुबाको बिजोक हुने गर्छ । महिलाको पेटमा गर्भ आएपछि त्यसमा उसको परिवार र राज्य दुवैको लगानी हुन्छ ।

त्यस्तै, मजदुर र विदेश पलायन पनि हुन सक्छ । तर, उसले कमाएको रकमबापत राज्यलाई कर तिर्छ । तर, अभिभावकले आफनो बालबालिकालाई कुन कुरा सही र कुन गल्त भनेर नसिकाउँदा भोलि त्यही  बालकले कि त आत्महत्या गर्न सक्छ कि आफ्रनै आमाबुबा मार्न सक्छ ।
पहिलाका मानिसहरु इमान्दार थिए । लोभलालचमा फस्दैंनन् थिए । उनीहरु ऋण लिन डराउँथे । भनिन्थ्यो, रुखमुनिको बाली कहिले फल्दैंन, ऋण लिने मान्छे कहिले उभो लाग्दैन । पछिल्लो समय अधिंकाश मानिस ऋणमा छन् । जनताको घरको लालपूर्जा, गाडी र सेयरको प्रमाणपत्र पनि बैंक, फाइन्स, सहकारी वा लद्युवित्तमा रोक्का छ ।
व्यवसायीहरुले पनि बैंक तथा वित्तिय संस्थाबाटै ऋण लिएर व्यापारव्यवसाय गरेका छन् । बैंक तथा वित्तिय संस्थाले मीटरब्याजमा कर्जा लगानी गरेका छन् । एक करोड धितो राखेर ५० लाख कर्जा दिने, त्यसमा पनि पाँच लाख घुस, दुई प्रतिशत सेवाशुल्क र ४८ प्रतिशतसम्म ब्याज ।
फेरि ऋणले तीन किस्ता नतिर्नेबित्तिकै एक करोडको धितो बैंकले ४५ लाखमा पचाइदिन्छ । अहिले धेरै मानिसले आत्महत्या गर्नु तथा विदेश पलायन हुनुको मुख्य कारण पनि यही नै हो । बैंक तथा वित्तिय संस्था जनता मार्ने संस्थाको रुपमा स्थापित भएको छ ।
यी संस्थाले जनतालाई घर न घाटको बनाएका छन् । सरकारले बेलैमा ध्यान नपुप्याए बैंक तथा वित्तिय संस्था तोडफोड गर्ने, सञ्चालक र कर्मचारीमाथि कालोमोसो दल्ने तथा जुत्ताको माला लगाइदिने दिन पनि आउन सक्नेछ ।
अहिले ऋणी होस् या बचतकर्ता । बैंक तथा वित्तिय संस्थाकै कारण डुबेका छन् । बैंक तथा वित्तिय संस्थाले सर्वसाधारणले उठीबास लगाउँदा समेत सरकार मौन छ । न बैंक तथा वित्तिय संस्थाको दर्ता खारेज गरिदिन्छ न सञ्चालकलाई पक्राउ गर्छ ।
विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तिय संस्थाको विरोधमा बोल्नासाथ करोडौं जनता उनको पछि लागेका छन् । यसले बैंक तथा वित्तिय संस्थाले करोडौं जनतालाई ठगेको वा डुबाएको रहेछ भनेर प्रमाणित भएको छ । यो सरकार र सञ्चारकर्मी पनि थाहा पाइसकेका छन् ।
बैंक तथा वित्तिय संस्थाकै कारण कतिपयले आफ्ना परिवार मार्नुका साथै आफु पनि मरेको घटना पनि छ । कतिपय भने देश नै छोडेर भागेका छन् । अहिले सर्वसाधारण बैंक तथा वित्तिय संस्था वा लद्युवित्त चोर ठग रहेको बताउँछन् । यता, अर्थमन्त्री डा.प्रकाशशरण महत भने बैंक तथा वित्तिय संस्थाको ऋण तिर्ने पर्छ भन्छन् ।
यीनै संस्थाका कारण कयौं सर्वसाधारणले आत्महत्या गरेका छन् । त्यसैले, अब ती बैंक तथा वित्तिय संस्थाका सञ्चालक, कर्मचारीलाई जेल हाल्नुपर्छ । मरेको व्यक्तिको परिवारले क्षतिपूर्ति पाउनुपर्छ ।
बजारमा अहिले पनि एक लाखको मासिक पाँच हजारदेखि ३० हजारसम्म ब्याज लिने गरेको पाइन्छ । अब सरकारले यस्ता मीटरब्याजी व्यक्ति वा संस्थालाई पक्राउ गर्नुपर्छ । बैंक तथा वित्तिय संस्थाका कारण जनता मर्न दिनुहुन्न ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

10 − six =