कैलाली

जनता समाजवादी पार्टी (जसपा) नेपालको कैलाली जिल्ला समिति पुनर्गठन भएको छ । कैलालीको घोडाघोडी नगरपालिकामा शनिबार आयोजित कार्यक्रमबाट गयाप्रसाद कुश्मीको अध्यक्षतामा २३ सदस्यीय समिति पुनर्गठन भएको हो ।

 

समितिको उपाध्यक्षमा दानसिंह जोगी, धर्म घर्ती मगर सचिव वन्दना राना उपसचिव पदम परियार, रुपेश कठरिया र कोषाध्यक्ष निलम चौधरी चयन भएका छन् ।

पार्टीका राजनीतिक समिति सदस्य मालामती रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पाटीका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश समितिका सह इन्चार्ज भीमबहादुर थापा, प्रदेश समितिका अध्यक्ष भगतराम चौधरी लगायतका नेताहरु सहभागी रहेको प्रदेश सचिव दिपेश तिमल्सीनाले जानकारी दिएका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

sixteen + 15 =