काठमाडौँ
सामाजिक संञ्जाल Facebook मा Facebook ID: Alex Benjamin बाट पिडितहरुलाई Friend Request पठाई आफु टर्किको नागरीक रहेको बताई साथी बनाई माया जालमा पारी iPhone, घडि, जुत्ता सुनका गरगहनाहरु, मेकअपको सामानहरु सहितको लगेज पठाई दिएको छु, भनि सामानको फोटो समेत पठाई कुरियारको मान्छेले सम्पर्क गर्छ भनी म्यासेज गरेकोमा Delivery मार्फत काठमाण्डौंको एयरपोर्टमा सामान आईपुगेको छ, तपाईले कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता बिभिन्न प्रयोजनमा रकम तिर्नु पर्छ भनी पिडितलाई बिश्वास दिलाई बिभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खातामा जम्मा रू.१,३५,०००।- रकम पठाउन लगाई लिई ठगी गरेकोले उक्त ठगी कार्यमा संग्लन जिल्ला सप्तरी साविक धरमपुर गा.वि.स. वडा नं. ४ परिवर्तित कञ्चनरूप न.पा. वडा नं. ९ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ३ ईमाडोल बस्ने बर्ष २७ की सुजता चौधरीलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा पठाईएको प्रहरी उपरीक्षक रबिन्द्र रेग्मी ले जानकारी दिए ।