काठमाडौं । नेपाली बजारमा आजसुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।
हिजो तोलामा ६०० रुपैयाँले बढेको सुन आज पनि ५०० रुपैयाँले वृद्धि भएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ८ सय ५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको बिक्री मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

16 + fourteen =