बर्दिया । ” प्रहरी मेरो साथी ” सत्य सेवा सुरक्षनम् ” जस्ता नारा र कसम खाएर जागिर खाने नेपाल प्रहरी घुस सहित पक्राउ परेपछि अब सर्वसाधारण को नेपाल प्रहरी प्रति कस्तो सन्देश जाला ? बर्दियामा घूस लिएको ३० हजार रुपैयाँसहित एक जना प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत सई पवन साउद पक्राउ परेका हुन् ।
लागूऔषध मुद्दा मिलाइदिने गरिदिने भन्दै सेवाग्राहीसँग घूस मागिरहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मंगलबार पक्राउ गरेको हो ।
आयोगको टोलीले उनलाई ३० हजार रकम सहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताएका छन् । सई साउदलाई इलाका प्रहरी कार्यालय मैनापोखरको मुद्दा शाखाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

13 + fifteen =