पोखरा
जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोलीले १ जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला तनहुँ ब्यास नगरपालिका( १३ बेलबास बस्ने बर्ष २१ को शिवराज थापा रहेका छन् । बिगत ५ महिना देखि फरार रहेका थापालाई खोजतलास गर्ने क्रममा निजको आफ्नै घर वतनबाट प्रहरीले पक्राउ गरेको हो । थापालाई सम्मानित जिल्ला अदालत तनहुँबाट २०८० साल जेठ ३२ गते अपराधिक उपद्रव मुद्धा कसुरमा ३० दिन कैद, रु.२,०००।– (दुई हजार ) जरिवाना र रु. २००।–( दुई सय ) क्षतिपुर्ती तोकेको थियो । आज फरार थापालाई पक्राऊ गरि सम्मानित अदालतमा पेश गरेको बरिस्ठ प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरीले जानकारी दिए ।