कास्की । कास्कीबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–९ शिवटोल बस्ने ३७ वर्षीय गीतालामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा सहित ५ जनालाई बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लामाको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा उनीहरुलाई नगद २९ हजार ३ सय ४० रूपैयाँ र १ बुकतास सहितपक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थपआवश्यक अनुसन्धान गरिरहेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

one + eleven =