काठमाडौँ
तारकेश्वर नगरपालिकामा दोश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता शनिबार (भोलि )बाट सुरु हुदै छ। प्रतियोगिता तारकेश्वर -८ को टुसाल खेल मैदानमा उद्घाटन समारोह हुने भएको हो।
तारकेश्वर नगरपालिकाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ। पत्रकार सम्मेलनमा नगरप्रमुख कृष्ण हरि महर्जन, प्रमुख प्रशासकीय अधिकृत, ११ वटै वडाका वडा अध्यक्षहरु, शाखा प्रमुख, नगर शिक्षा समितिका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नगरपालिकाका विषयगत शाखाका प्रमुख एवम कर्मचारीहरु, तारकेश्वर सामुदायिक बिधालय समितिका अध्यक्ष नेराशि संगठनका अध्यक्ष , नेपाल शिक्षक संघका अध्यक्ष, प्याब्सनका अध्यक्ष, एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष, सामुदायिक तथा संस्थागत बिधालयका प्रधानाध्यापकहरु , सम्बन्धित खेलका रेफ्री तथा प्रशिक्षकहरु, सुरक्षाकर्मीहरु, पत्रकारहरु, समाजसेवी, शिक्षा तथा खेलकुद प्रेमी तथा सरोकारवालाहरु लगायत स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।
खेल यहि मंगसिर १६ गते देखी २२ गते सम्म संञ्चालन हुने तारकेश्वर नगरपालिकाका नगर शिक्षा प्रमुख पदम बहादुर खत्रीले जानकारी दिएका छन्। तार्केश्वोर नगरपालिका भित्र रहेका सामुदायिक र सस्थागत विद्यालय बाट ४९ विद्यालयका २२५४ विद्यार्थीहरुको सहभागिता रहने छ । बिभिन्न १० विधामा खेलाईने खेलमा गत बर्ष भन्दा यस बर्ष विद्यालय र विद्यार्थी खेलाडीहरु को उत्साहजनक उपस्थिति रहने नगरपालिकाले जनाएको छ ।
पत्रकार सम्मेलन बोल्दै नगरप्रमुख महर्जनले बालबालिकामा रहेको प्रतिभा र अदम्य साहसलाई उजागर गर्ने भएको हुँदा यस्ता खेलहरु हुनु आवश्यक रहेको बताए। खेलले आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकासमा सहयोग पुर्याउने भएकोले प्रतियोगिताको आयोजना गरिएको नगरप्रमुख महर्जनको भनाइ रहेको छ। ” खेलकुद्को क्षेत्र लाई अझ प्रभाबकारी बनाउने मान्यता लाई मध्यनजर गर्दै यस बर्ष गत वर्षको तुलनामा फूटबल बाहेक केहि नयां इभेन्टहरु बास्केटबल ,टेबुल टेनिश र ब्याटमिन्टन थप गरि दश वटा इभेन्टमा करिब २२ लाख बजेट विनियोजन गरेको छु ” महर्जनले भन्नु भयो ।
प्रतियगितामा यसप्रकारका खेलहरु रहेका छन् :-
टिटी ,एथलेटिक्स (ट्रयाक तर्फका सबै खेल ),एथलेटिक्स (फिल्ड तर्फका सबै खेल ),भलिबल ,कबड्डी ,बास्केटबल ,मार्सल आर्ट तर्फ उसु ,मार्सल आर्ट तर्फ कराते ,मार्सल आर्ट तर्फ तेकन्दो र ब्याडमिन्टन !
पत्रकार सम्मेलन को संचालन तारकेश्वर -२ का वडा अध्यक्ष तथा प्रवक्ता राधाकृष्ण खड्गीले गरेका थिए ।