काठमाडौं । काठमाडौं महानगरपालिकाले गरीब घरपरिवार पहिचानका लागि तथ्याङ्क संकलन गर्ने भएको छ । शनिबार एक सूचना जारी गर्दै महानगरले सुपरीवेक्षक तथा गणक करारमा लिने भएको छ ।
तथ्यांक संकलन गर्नका लागि २१ जना सुपरीवेक्षक तथा २ सय ९ जना गणक गरी २३० जना कर्मचारी माग गरेको छ ।
नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८० / ०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाडौं महानगरपालिका भित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेट मार्फत तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्ने महानगरले जानकारी दिएको छ ।
आवेदकले सूचना जारी भएको २१ दिनभित्र आवेदन दिन सक्ने महानगरले जनाएको छ । यसले केहि हदसम्म गरिब परिवारलाई केहि राहत मिल्ने महानगर ले जनाएको छ ।