धादिंग

धादिङ धुनिवेशी गाउपालिका भञ्ज्याङ पोखरी कच्ची सडकमा रामचन्द्र बयलकोटीले धारिलो घरैलु हतियार
प्रहार गरी आफ्नै श्रीमती वर्ष २० की पवित्रा बयलकोटीको हत्या गरेका छन् | ईलाका  प्रहरी कार्यालय खानीखोला
धादिङमा जानकारी प्राप्त हुनासाथ उक्त कार्यालयबाट प्रनि देवेन्द्र बहादुर शाह को कमाण्डमा खटिएको टौली घटनास्थलमा
पुगेको थियो ।
प्रनि को टोली घटनास्थलमा पुग्दा उक्त  महिला घोप्टो अवस्थामा रहेको, घाँटी लगायत शरीरको विभिन्न भागमा धारिलो
हतियार प्रहार गरेको जस्तो देखिने चोटपटकहरु रही निजलाई हेर्दा रगताम्मे मृत अवस्थामा रहेको, शवको प्रकृति अनुसार
मृतकलाई निर्ममता पुर्वक हत्या गरेको देखिएको, प्रारम्भिक अनुसन्धानको कार्य पुरा गरी मृत शवलाई परीक्षणको लागि गजुरी
अस्पताल पठाईएको छ ।
हत्या अभियोगमा संलग्न भनिएका मृतकका श्रीमान वर्ष २७ को रामचन्द्र बयलकोटी घटनास्थल बाटै फरार रहेकोमा निजले
प्रयोग गर्ने मोबाईल नम्बरको ट्रेकिंग गरी रामचन्द्र लाई  धादिङ धुनिबेशी नगरपालिका वडा नं.८ खानीखोला गाँरेटो बाटोमा लुकिछिपी वसेको अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिई रामचन्द्र वयलकोटीलाई सोधपुछ गर्दा निजले श्रीमतीलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका  थिए  ।
प्रतिवादी वयलकोटी र मृतक वीच ५ र ६ वर्ष अगाडि नै विवाह भएको, विवाह पश्चात प्रतिवादी रामचन्द्र
लामो समयसम्म वैदेशिक रोजगारीमा रहेको र वैदेशिक रोजगारमा रहेको समय देखिनै श्रीमान श्रीमती बीचमा मन मुटाव हुदै आएको
सोही कारणले निजले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको धादिंग  जिल्ला प्रहरी कार्यलय का प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र ले जानकारी दिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =