काठमाडौँ ।   दक्षिणी गाजा पट्टीमा इजरायली आक्रमण विस्तार हुँदा मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो
काठमाडौं । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको छ । इजरायलको आक्रमणमा परि सोमबार साँझसम्म मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुगेको छ ।
इजरायलको आक्रमणमा परि अहिले सम्म १५ हजार आठ सय ९९ जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालय  हमासले पुष्टि गरेको हो ।
गाजा पट्टीमा सोमबार भएको भूमिगत लडाइ र हवाई बमबारीसँगै मृत्यु हुनेको संख्या १५ हजार आठ सय ९९ जना पुगेको गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राले बताए ।
आक्रमणमा मारिनेमा ७० प्रतिशत महिला तथा बालबालिका रहेका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

11 + twelve =