काठमाडौँ

प्रहरी प्रभाग कपनको वडा एरियामा रहेका औषधी पसलहरुमा नियन्त्रीत लागूऔषको कारोबार भई रहेको भन्ने सुचना तथा जनगुनासोको आधारमा मिति २०८०/०८/१९ गते प्रहरी प्रभाग कपनको समन्वयमा औषधी व्यवस्थापन विभाग बिजुली बजार काठमाण्डौ, स्थानीय जनप्रतिनिधि र स्थानीय बासीहरुको उपस्थितिमा कपन एरियामा रहेका  चार वटा औषधी पसलहरुको अनुगमन गरिएको थियो सो क्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं.१० स्थित आदर्शनगर चोक नजिक रहेको लाईफ केयर फर्माले अवैध रुपमा औषधी विक्रिवितरण गर्ने गरेको फेला पारि उक्त पसललाई सिल्ड लगाई उक्त औषधी पसल बाट SK-YIME 200, 23 Tab  सहित ३६ प्रकारका औषधीहरु समेत औषधी व्यवस्था विभागले बरामद गरि उक्त फर्मा सिल गरेको  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुंगेल ले जनाकारी दिएका छन् ।
साथै तीन मेडिकलहरु ओखलढुङगा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसी लाई सचेत गराईएको अब आइन्दा यस्ता हर्कत नगर्न नगराउन सचेत समेत गराइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

sixteen + 10 =