भैरहवा

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सभाहलमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख भरत बहादुर वि.क.को अध्यक्षतामा लैङगिक हिसां अन्त्यको सुनिश्चितता बालबालिकामा लगानीको ऐक्यवद्धता अन्तरक्रिया कार्यक्रममा ५०/६०जनाको सहभागितामा लैङगिक हिसां बिरुद्धको १६ दिने अभियानमा हिसां पिडित महिला तथा विभिन्न संघ/सस्थाहरु सगं भेटघाट तथा परामर्श कार्यक्रम सम्पन्न भएको थियो ।
निम्न लिखित संघ/सस्थाहरु
१( सानाहात नेपाल
२( शान्ती पुनस्थापना गूह
३( थ्री एन्जल्स नेपाल
४( आफन्त नेपाल
६( आशिष सामाजिक सेवा नेपाल
७( माईती नेपाल
८( CWIN –NEPAL
९( शुव अवसर ग्राम नेपाल

प्रदेश सभा सदस्य माननिय शान्ती लोध : लैङगिक हिसां समाजमा निकै फैलिएको छ । महिला लाई दास बनाउने महिलालाई बेचबिखन जस्ता कार्य रोक्नका लागी हामी सचेत हुन जरुरी छ र महिला हिसां रोक्नका लागी हामी गाऊ टोलमा गई महिला हिसां बिरुद्ध कार्यक्रम संचालन गरी सचेत गराउने जस्ता आफ्ना भनाई राख्नु भयो ।
शुव अवसर ग्राम नेपालकी मनोपरामर्श कर्ता बिष्णु सिलवाल  नेपाल तथा भारतको बिभिन्न स्थानहरुमा अलपत्र परेका महिला बालबालिका तथा जेष्ठ नागरिकहरुलाई उद्धार गर्ने कार्यमा भारतमा रहेको king india र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्यनमा उद्धार गरी नेपालमा ल्याई निज महिला बालबालिका तथा जेष्ठ नागरिकहरुलाई केही समयको लागी शुव अवसर ग्राम नेपाल सस्थाको संरक्षणमा राखि परामर्श दिई निज बालबालिकाको अभिभावक नआएमा निज बालबालिकाहरुलाई पुन पारिवारिक मिलनको लागी स्वंयम हामीले नै घर सम्म पुर्याउने ब्यवस्था गरेको र लैङगिक हिसां पिडितहरुलाई राहत तथा सिपमुलक तालिम दिनेका साथै मनोपरामर्श दिने गरेको आफ्ना भनाई राख्नु भयो ।
प्रहरी उपरीक भरत बहादुर बि.क यस १६ दिने लैङगिक हिसां बिरुद्धका अभियान अन्तरगत आज यस अन्तरक्रिया कार्यक्रम भएको र नागरिक समाज बिभिन्न संघ(संस्था,प्रहरी मिलेर विशेषत महिला बिरुद्ध हुने हिसांलाई अन्त्य गरी समृद्ध समाज निर्माण गर्नु पर्ने भनाई राख्नु भयो ।

 

 

 

 

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

18 − sixteen =