काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, अर्थतन्त्रले अझै राम्रो लय समात्न नसकेको स्वीकार गरेका छन् । बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले, अर्थतन्त्रमा सामान्य सुधार भएपनि राम्रो लय समात्न नसकेको बताएका हुन् ।
अर्थतन्त्रका समस्याका समाधानमा सामान्य हेरफेर, सामान्य सुधारका उपायले मात्रै काम गर्ने अवस्था नदेखिएको उनको भनाई छ ।
‘विगतका तमाम तथ्याङ्कहरु र योगदानको कुल योगफलले के देखाउँछ भने हामीले कहीँ न कहीँ गम्भीर रुपमा सोच्नुपर्ने । रेडिकल्ली रिफर्मतिर जान जरुरी छ ।’ प्रधानमन्त्री प्रचण्डले भने। अर्थतन्त्र सुधारका लागि आगामी दिनमा गुणात्मक सुधारका उपाय खोज्न जरुरी रहेको उनको भनाई छ । प्रधानमन्त्री प्रचण्डले भने ‘हामीले गुणात्मक सुधारका उपायहरुको खोजी गर्न जरुरी छ हाम्रा नीगित रुपमा र संरचनागत रुपमा कहाँ चुकेका छौं । हाम्रा कार्यशैलिमा सिमा कहाँनिर छन् । त्यो विषयको गहिरो छानबीन हुनुपर्छ भनेको थिए र अब चाँडै ति कार्यक्रमको तर्जुमा गर्ने दिशातिर अगाडि जाँदैछौं । ’
आम नागरिकले तत्काल सुधार देख्न चाहाने भन्दै उनले सरकारले आवश्यक प्रयास गरेपनि आशातित परिणाम आउन नसकेको तर्क गरे ।
‘जनताले तत्कार सेवामा सुधार देखेनन् भने अरु फिलोसफि, पोलिटिक्स जनतालाई त्यति मतलबको कुरा होइन् त्यसैले साना साना कुरामा कति सुधार भयो कि भएन भनेर जनताको अन्तुष्टि र असन्तुटि प्रकट हुन्छ ।’ उनले भने ‘त्यसमा नै राजनीतिक चलखेलहरु हुन्छ अहिले पनि त्यो देखिने गरेको छ । सरकारले मेहेनत त गरेको छ सुधार गर्न धेरै, तर परिणाम जनता सन्तुष्ट हुने ठाउँसम्म पुगेको छैन् । अर्थतन्त्र पनि अब चाँही लय पक्र्यो भन्ने ठाउँमा पुगेको छैन्।’