काठमाडौँ । आर्थिक मन्दीले सङ्कट परिरहेको बेलामा नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट थप २५ अर्ब रुपैयाँ निक्षेप लिदैछ । बैंकहरुसँग अधिक तरलता थुप्रिय सँगै अघिल्लो दिन १० अर्ब लिएको बैंकले बिहीबार थप २५ अर्ब रुपैयाँ निक्षेप तान्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार आज सार्वजनिक बोलकबोल मार्फत २५ अर्ब रुपैयाँ निक्षेप लिइनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बिहीबार दिउँसो २ बजे अनलाइन विडिङ सिस्टम सफ्टवेयर मार्फत निक्षेप संकलनको बोलकबोल हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड रुपैयाँ देखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंक सम्मका लागि आवेदन दिन सक्नेछन् । यस निक्षेप संकल उपकरण आजै जारी हुने बैंकले जनाएको छ ।
७ दिनका लागि जारी हुने निक्षेप संकलनको साँवा ब्याज २०८० पुस ५ गते भुक्तान हुने राष्ट्र बैंकले जनाएको छ ।