स्याङ्जा
स्याङ्जाको गल्याङ नगरपालिकाले नगरकी छोरी कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले महिला शसक्तिकरणका लागि छुट्याइएको बजेटबाट नगरकी छोरी कार्यक्रम सुरु गरेको हो ।
समाजमा अझै पनि लिङ्गका आधारमा ग्रामिण क्षेत्रहरुमा लिङ्गका आधारमा बिभेद रहेको अबस्थामा यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको साउन यता जन्मिएका छोरीहरुका लागि नगरपालिकाले रु.पाँच हजार सहित खाता खोलिदिन सुरु गरेको गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले यस कार्यक्रमबाट व्यवहारिक रुपमा नै महिला पुरुषको विभेदको अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाले खाता खोलेर छोरीका नाममा राखिदिएको पाँच हजार रुपैंया छोरी १८ वर्षकी भएपछि मात्रै झिक्न मिल्ने व्यवस्था गरिएको छ ।
गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाको उपस्थितिमा वडा नम्बर -३  मिना दर्जीकी आठ दिनकी छोरीको नाममा गरिमा विकास बैंकमा खाता खोलेर कार्यक्रमको उद्घाटन गरिएको छ ।


सो अवसरमा नगरपालिका उपप्रमुख हेमा न्यौपानेले छोरी जन्माउनेहरुको प्रोत्साहनका लागि कार्यक्रम ल्याइएको स्पष्ट पार्नुभयो ।
उहाँले संविधानले महिला अधिकारका क्षेत्रमा धेरै काम गरेपनि व्यवहारिक रुपमा छोरीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याउन यो कार्यक्रम ल्याइएको बताउनुभयो ।
उपप्रमुख न्यौपानेले महिलाहरुका लागि नगरपालिकाले धेरै कार्यक्रमहरु ल्याइरहेको बताउनुभयो । उहाँले गर्भावस्थामा अण्डा वितरण,सुत्केरी भेटघाट सहित कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।
उहाँले भन्नु भयो यो भन्दा अगाडि नै गर्भवतीलाई निःशुल्क अण्डा वितरण तथा सुत्केरी आमाहरुका लागि पोषिलो  झोला वितरण गरिएको उपप्रमुख न्यौपानेले बताउनु भयो ।
सो अवसरमा गल्याङ नगरपालिका स्वास्थ्य शाखाकी पब्लिक नर्सीङकी विसर्जना थापा र सविता खरालको पनि उपस्थिति रहेको थियो ।
दर्जीकी छोरीको न्वारन भैसकेपछि नाम सहितका कागजी प्रक्रिया पुरा भएपछि खाता सञ्चालन हुने गरिमा बिकाश  बैंककी कर्मचारी कोपिला भट्टराईले जानकारी दिनुभयो ।
केही दिन अघि बसेको कार्यापालिकाको  बैठकले महिला शसक्तिकरणको कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा जन्मेका छोरीहरुका लागि बैंक खाता खोलेर पाँच हजार रुपैयाँ दिने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार कार्यक्रम अगाडी बढाएको नगरपालिकाले जनाएको छ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

1 × 3 =