काठमाडौँ
पढलेख नभएका वा पढलेख गरेका शिक्षित व्यक्तिले समेत आत्महत्या गरिरहेका छन् । देशभर दैनिक करिब दशदेखि बीस जनासम्मले आत्महत्या गरिरहेको पाइन्छ । तर, सरकार मुकदर्शक भएर बसेको छ । किन यति धेरै मानिसले दिनहुँ आत्महत्या गरिरहेका छन् ? भनेर सरकार खोजतलास गर्दैन ।
धेरै मानिस डिप्रेसनमा छन् । बैंक तथा वित्तिय संस्थाको विरोधमा दुर्गा प्रसाइंले आवाज उठाउन साथ लाखौं जनता उनको पछि लागेका छन् । ९० प्रतिशतभन्दा बढी मानिसले बैंक तथा वित्तिय संस्थाको ऋण, बचत फिर्ता नपाउँदा तथा व्यापारव्यवसायमा मन्दी आउँदा आत्महत्या गरेको बुझिन्छ ।
राजनीतिक दलहरु पनि दैनिक यति धेरै मानिसले आत्महत्या गर्दा केही मतलब गर्दैनन् । के यी मर्ने मानिस तै नेपाली नागरिक होइनन् र ? हिजो बाँच्नुन्जेल यीनीहरुले दललाई भोट गरे । राज्यलाई कर तिरे । आफ्नो दायित्व पूरा गरे । तर, राजनीतिक दल र सरकारले भने यीनीमाथि अन्याय गप्यो ।
यीनीहरुको हितमा एउटा निर्णय गरेन । यदि गरेको भए आज यीनीहरु बाँचिरहेको हुन्थे । प्रभु साह नेतृत्वको आम जनता पार्टीले केही दिनअघि बैंक तथा वित्तिय संस्थाको विरोधमा तराईमा आन्दोलन गरेको थियो । त्यहाँ पनि धेरै जनताको सहभागिता देखियो । यहाँ सबै बैंक तथा वित्तिय संस्थाबाट पीडित छन् ।
जोकोही बैंकले आफ्नो धितो खाइदिएको भन्छन् । त्यस्तै, सहकारीले बचत फिर्ता नगर्दा पनि अधिंकाश तनावमा छन् । नेकपा एमाले अध्यक्ष केपी ओली र रास्वपा सभापति रवि लामिछाने मध्यावधिमा जानुपर्ने माग गर्दैछन् । वृद्धवृद्धाको भत्ता बढाउँदा ओली माथि आएका हुन् ।
लामिछाने विगतमा विदेशमा अलपत्र परेका मानिसलाई नेपाल ल्याएर चर्चामा आएका हुन् । बैंक तथा वित्तिय संस्थाले ९९ प्रतिशत मानिसलाई ठगेको छ । उनीहरुको धितो पचाएर सुकुम्बासी बनाएको छ । तर, बैंक तथा वित्तिय संस्थाको विरोधमा न ओली बोल्छन् न लामिछाने ।
यता, राप्रपाका ज्ञानेन्द्र शाही पनि मौन छन् । नेपाली कांग्रेसका गगन थापा त आफैं भ्रष्टाचारी छन् अनि ठगको विषयमा के बोल्छन् । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनता भन्छन्, ‘तपाईं ३२ सिटमै कायम रहने कि ? बैंक तथा वित्तिय संस्थाका पीडितहरुलाई न्याय दिलाएर अर्को पटक चुनावमा बहुमत ल्याउने ?’ । बैंक तथा वित्तिय संस्थाको दर्ता खारेज गर्नुपर्ने जनताको माग छ ।
५० लाखको धितो राखेर १५ लाख कर्जा प्रवाह गर्ने । त्यसमा पनि एक लाख घुस, दुई प्रतिशत सेवाश्ुल्क र ७५ प्रतिशतसम्म ब्याज लिने । तीन किस्ता नगर्नेबित्तिकै १४ लाखमा ५० लाखको धितो खाने नै बैंक तथा वित्तिय संस्थाको काम हो । यी संस्थाले ऋणको उठीबास लगाएको छ । करोडपतिलाई सडकपति बनाएको छ ।
अहिले त ऋण मात्र नभई बचतकर्ता पनि बैंक तथा वित्तिय संस्थाबाट पीडित भएका छन् । सहकारी बचतकर्ताको निक्षेप नै फिर्ता नगरी एकाएक फरार भयो । करोडौ बचतकर्तालाई घर न घाटको बनाइदियो । दुर्गा प्रसाई मेडिकल व्यवसायी हुन् । तर, उनले बैंक तथा वित्तिय संस्थाको विरोधमा बोल्नेबित्तिकै लाखौं जनता उनको पक्षमा उभिए ।
मंसिर ७ गते उनको आन्दोलनमा हजारौं जनता सडकमा उत्र्रिए । तर, प्रसाईंले राजतन्त्र चाहिन्छ नभनेको भए उनको पक्षमा भोलिपल्ट त्यसको दोब्बर–तेब्बर सर्वसाधारण सडकमा आउने थिए । बैंक तथा लद्युवित्तले खाएको आफ्नो धितो फिर्ता हुन्छ, ऋण मिनाहा हुन्छ र बचत फिर्ता हुन्छ भन्ने आशले जनता प्रसाईंको आन्दोलनमा सहभागी भएका थिए ।
प्रसाईंले भने जनताको समस्या बिर्सिएर राजा चाहिन्छ भन्न थाले । प्रसाईंको यो कदमले आन्दोलनमा आएका जनता आफ्नो गाउँघर फर्किए । अहिले कुनै व्यक्तिले बैंक तथा वित्तिय संस्थाविरुद्ध आन्दोलन आह्वान गरे लाखौं जनता सडकमा आउने छन् । किनकि बैंक तथा वित्तिय संस्थाले धेरैको उठीबास लगाएको छ ।
०७२ असोज ३ गते संविधान बन्यो । भारतले नेपालमा नाकाबन्दी गप्यो । सो क्रममा एमाले अध्यक्ष केपी ओलीले भारतले लगाएको नाकाबन्दीको विरोधमा बोले । नेपाली जनताको पक्षमा उभिए । ओलीले नाकाबन्दीको विरोधमा बोलेको देखेर ०७४ सालको चुनावमा जनताले एमालेलाई सरकारमा पुप्याए । एमालेले बहुमत ल्यायो ।
अहिले ओली र रवि लामिछाने ०८४ सालको निर्वाचनमा आआफ्नो पार्टी पहिलो हुने दाबी गर्छन् । तर, ०८४ सालसम्म मुलुकमा जनता चाहिँ रहन्छन् कि रहदैंनन् भन्ने अन्यौल छ । अहिले त बैंक तथा वित्तिय संस्थाका कारण यत्रो जनता डिप्रेसनमा गएका छन् । आत्महत्या गर्नेको संख्या दिनहुँ बढ्दो छ त मुलुकमा रोजगारी नपाउँदा खाडी मुलुक उड्ने पनि उत्तिकै छन् ।
यदि ओली र लामिछानेलाई आगामी निर्वाचनमा आआफ्नो पार्टी पहिलो बनाउनु छ भने जनताको पक्षमा बोल्नुपर्छ । बैंक तथा वित्तिय संस्थाको विरोध गर्नुपर्छ । यो नगर्ने हो भने ओली र लामिछाने जति जिल्ला घुमेपनि जनताले भोट दिने छैनन् ।
प्रधानमन्त्री प्रचण्डले केही महिनाअघि हिउँद लागेपछि लाखौं जनता सडकमा उत्र्राने दाबी गरेका थिए । तर, जनता सडकमा उतारे त आगाामी निर्वाचनमा बहुमत ल्याउन सकिदैंन नि त । प्रचण्डले अब कि त जनता ठग्ने बैंक तथा वित्तिय संस्थाका कर्मचारी, अध्यक्ष र सञ्चालकलाई कानूनी कारबाही गर्नुपर्छ कि त आफ्ना कार्यकर्तालाई कालोमासो दल्न निर्देशन दिनुपर्छ ।
कांग्रेसमा त बैंक तथा वित्तिय संस्थाको विरोधमा बोल्ने कोही छैन । सभापति शेरबहादुर देउवाको विरोध गरेर गगन थापा माथि आएका हुन् भने देउवाकै गुलामी गरे डा.शेखर कोइराला पनि माथि आएका हुन् । कांग्रेसमा हप्ता उठाउने गुण्डा को हो भनेर सोध्दा जनता गगन थापा भन्छन् ।
यता, एमालेमा भने हप्ता उठाउने गुण्डाको रुपमा महेश बस्नेतलाई चिनिन्छ । जो व्यक्ति हप्ता उठाएर, गुण्डागर्दी गरेर राजनीतिमा आएको छ, उसलाई जनताको समस्या के थाहा । राजतन्त्र चाहिन्छ नभनेको भए आज दुर्गा प्रसाईं जनताको लागि हिरो हुन्थे । जनताको समस्या उठाउँदा नै विगतमा पनि मुलुकमा राजनीतिक परिवर्तन भएको पाइन्छ ।
अहिलेको व्यवस्था राम्रो मानिन्छ । तर, व्यवस्था राम्रो भएर के गर्नु ? सर्वसाधारण त ठग्नु ठगेका छन् नि ? बच्चादेखि बुढासम्मले बैंक तथा वित्तिय संस्था ठग, चोर भनेर थाहा पाइसके । बजार पूरै मन्दीमा छ । आधाभन्दा बढी सटर, कोठा र फ्रल्याट खाली भएका छन् । जसोतसो सञ्चालन गरिरहेको पसलमा पनि व्यापार छैन ।
घरजग्गा, गाडी र सेयरको कारोबारमा पनि मन्दी छाएको छ । करोडमा किनेको घडेरी अहिले लाखमा बिक्री हुन्न । ३५ सय कित्ता सेयर सय रुपैयाँमा झरेको छ । गाडीको पनि अवस्था उस्तै छ । सर्वसाधारणको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थाको नाममा छ । केपी ओली, रवि लामिछाने, गगन थापा, शेरबहादुर देउवा, प्रचण्डलगायतमा बैंक तथा वित्तिय संस्थाको विरोधमा बोल्न दुर्गा प्रसाईं जति पनि आँट रहेनछ ।
अहिले बैंक तथा वित्तियबाट जनताको विश्वास गुमेको छ । बैंकमा बचत गर्न छोडेका छन् जनताले । सहकारी त झन् बचत नै फिर्ता नगरी भागेको छ । चिसा पसल, सार्वजनिक स्थलहरुमा बैंक तथा वित्तिय संस्थाले धेरै मानिसलाई डुबाएको सुनिन्छ ।
बैंक तथा वित्तिय संस्थाको विरोधमा जनता एकजुट भइसकेका छन् । जनताको मनमा बैंक, सहकारी र लद्युवित्त ठग हो भनेर छाप परिसकेको छ । ०५२ साल फागुल्न १ गते माओवादीले जनयुद्ध सुरु गप्यो । माओवादीमा लागेको भन्दै सरकारले एउटा गाउँको मानिसलाई मार्दा गाउँभरिका मानिस माओवादी भए ।
त्यसैले, अब सरकारले समयमै उचित कदम नचलाए केही ठग बैंक तथा वित्तिय संस्थाका कारण सबै बैंक तथा वित्तिय संस्था तोडफोड हुनेछ । जनता सडकमा उत्र्रिएपछि एउटा पनि बैंक, सहकारी र लद्युवित्त बच्ने छैन । एउटै सहकारीले एक बचतकर्ताको लाखदेखि करोडसम्म खाएको छ । बैंक र लद्युवित्तले पनि ऋणीलाई धोती न टोपीको बनाइदिएको छ ।
करोडको धितो लाखमा पचाएर सर्वसाधारणको बिजोग बनाएको छ । करिब एक वर्षअघि सहकारीका कर्मचारी र सञ्चालकहरु बचतकर्ताले कुट्ने डरमा मुखमा मास्क लगाएर हिँड्थे । अहिले त सहकारीको न कर्मचारी देखिन्छ न सञ्चालक ।
केही समययता बैंक र लद्युवित्तका कर्मचारी र सञ्चालक मुख छोपेर हिडेको देखिन्छ । यसबाट के बुझ्रने ? अब बैंक र लद्युवित्तका कर्मचारी र सञ्चालकको पनि पालो आइसकेको छ । सरकारको निरीहता र बैंक तथा वित्तियको ठगीधन्दाका कारण अब राजनीतिक दलको आह्वान बिनै जनता सडकमा उत्र्रिनेछन् ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

20 + 20 =