काठमाडौं। सरकारले विभिन्न १२ वटा निर्माण तथा आपूर्ति कम्पनी हरुलाई कालो सूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालयमा मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरुलाई कालो सूचीमा राखेको हो।
एउटा कम्पनी तीन वर्ष सम्मका लागि, दुई कम्पनी दुई वर्ष सम्मका लागि,पाँच कम्पनी साढे १ वर्ष सम्मका लागि र तीन कम्पनी एक वर्ष सम्मका लागि कालो सूचीमा परेका छन्।
यी कम्पनीहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

12 − three =