काठमाडौं । युनिक्याम्पस ग्लोबलले आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमकाबीच ग्लोबलले ललितपुरको कुमारीपाटीमा तेस्रो शाखाको उद्घाटन गरेको हो । यो सँगै युनिक्याम्पसको नेपालभरी आठवटा शाखाहरु भएका छन् । नयाँ शाखा रणनीतिक रूपमा कुमारीपाटीमा अवस्थित छ । ललितपुर क्षेत्रमा गुणस्तरीय वैदेशिक शिक्षा परामर्श सेवाको आवश्यकता रहेको ठहर गरी यो शाखा सञ्चालनमा ल्याएको ग्लोबलले जनाएको छ । संस्थाले भनेको छ, ‘ललितपुर क्षेत्रमा गुणस्तरीय वैदेशिक शिक्षा परामर्श सेवाको आवश्यकता रहेको ठहर गरी यो शाखा सञ्चालनमा ल्याएको हो । विदेशमा उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि साझेदार, विशेषज्ञ, मार्गदर्शकको रुपमा युनिक्याम्पसले आफ्नो दायित्व निर्वाह गर्ने छ । वैदेशिक शिक्षाका अवसरहरूसँग सम्बन्धित जानकारी, सल्लाह र सहायताका लागि विद्यार्थीलाई मार्गदर्शन गर्न कुमारीपाटीमा पनि शाखा स्थापना गरिएको हो ।’

Submit a Comment

Your email address will not be published. Required fields are marked *

6 − 1 =