काठमाण्डौ । काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले गरेको सुर्ती जन्य पदार्थको बिक्री बितरण तथा सेवनमा रोक गरेको निर्णय विरूद्ध उच्च अदालत पाटनमा रिट परेको छ ।

श्रीराम टोबाको कम्पनी समेतले काठमाडौ महानगरपालिका, अर्थ मन्त्रालय, मेयर बालेन शाह लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । उक्त रिटमा आज सुनवाई हुँदैछ। मेयर बालेनले गरेको निर्णयलाई अदालतले आज अन्तरिम आदेश दिन्छ कि दिदैन प्रतीक्षाको बिषय बनेको छ। काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्ना  ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण निषेध लगाएको थियो।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

1 × 4 =