काठमाडौं । काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले गरेको सुर्ती जन्य पदार्थको बिक्री बितरण तथा सेवनमा रोक गरेको निर्णय विरूद्ध उच्च अदालत पाटनमा रिट परेको थियो ।
श्रीराम टोबाको कम्पनी समेतले काठमाडौ महानगरपालिका, अर्थ मन्त्रालय, मेयर बालेन शाह लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

20 − sixteen =