काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि मूल्य घटाएको हो।

मूल्य घटेसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

fourteen + sixteen =