काठमाडौँ । काठमाडौँ उपत्यकाका स्थानीय बासिन्दाले मेलम्ची खानेपानी नियमित वितरण गर्नु पर्ने र खानेपानी माथि हुने चलखेल बन्द गर्नुपर्ने माग राख्दै पर्दशन गरेका छन्। सोमार काठमाडौँको कोटेश्वरमा भेला भएर स्थानीयवासिन्दाहरुले खालि भाँडासहित प्रदर्शन गरेका थिए। मेलम्चीको पानि काठमाडौँमा नियमित वितरण गर्न माग गर्दै प्रदर्शन गरेको प्रदेश सांसद समेत रहेका सुनिन केसीले जानकारी दिए ।

प्रदर्शनकारीहरुले मेलम्चीको पानि माथिको चलखेल बन्द गर्नुपर्ने मेलम्चीको पानि तत्काल वितरण गर्नुपर्ने लगाएतका प्लेकार्ड बोकेका थिए। कोटेश्वर चोकबाट र्‍यालीसहित प्रदर्शनकारीहरु तिनकुनेतर्फ अघि बढेका छन्। उपत्यका खानेपानी संघर्ष समितिको आह्वानमा प्रदर्शन गरेको सांसद केसीको भनाइ छ। गतवर्ष सुरु भएको मुहान मर्मत गर्नु पर्ने भन्दै हाल फेरी बन्द भएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

2 × five =