मोरंग । विराटनगर महानगरपालिकाबाट हराएका तिन बालबालिका झन्डै तिन महिना पछाडी भेटीएका छन्। महानगरपालिका वडा -१८ र १९ बाट भदौ १० र २८ गते हराएका तिन बालबालिका हरुको सोमार उद्दार गरिएको छ। बालबालिकाको खोज तलास गर्ने क्रममा भारतको कतियार र पुर्णीया जिल्लामा भेटीएका हुन्।
५ वर्षीय बालक ,११ वर्षीय बालिका , र १४ वर्षका बालकलाई भारतबाट उद्दार गरिएको बालबालिका खोजतलास प्रदेश समन्वयन केन्द्र (सिपिसियस) का सुमन अधिकारिले जानकारी दिए।
उनका अनुसार उद्दार भएका दुइ बालबालिकालाई उनका परिवार संग्ग भेट गराइएको छ, भने १४ वर्षीय बालकको परिवारको कुनै सम्पर्क थाहा नभएको हुदा बालकलाई अस्थाई संरक्षणका सिपियस बेलबारी मोरंगमा राखिएको छ।