काठमाडौँ। शिवम सिमेन्टले चालु आर्थिक वर्ष २०७९/८० को नाफा बाट लगानीकर्ताहरुलाई १५% लाभांस वितरण गर्ने भएको छ। कम्पनीको संचालक समीतिको १३३औ पटक बसको बैठकले लगानीकर्तालाई १५% लाभान्सको प्रस्ताप गरेको हो ।

कम्पनीले चुक्ता पुजी ४ अर्ब ४० करोडको १४.२५% बोनस सेयर दिने भनेको छ। १४.२५ % का दरले ६२ करोड ७० लाख रुपैया बराबरको बोनस सेयर दिने छ। यस्तै चुक्ता पूजीको ०.७५% का दरले हुने झण्डै ३ करोड ३० लाख रुपैया नगत लाभांस वितरण गर्ने छ।

शिवम सिमेन्टले यहि पुस २७ गते वार्षिक साधारण सभामा समेत बोलाएको छ। यसका लागि कम्पनीले यहि पुस १९ गते “बुक क्लोज” गर्ने भएको छ। कम्पनीको संचालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभा बाट लागु हुनुपर्ने छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

9 − 5 =