काठमाडौँ । आज पनि सेयर बजार उकालो लगेको छ। मौन्द्रिक नीति पश्चात निरन्तर तरिकाले उकालो लागेको सेयर बजार परिसूचक नेक्प्से मंगलबार थप ४५.९८ अंकले वृद्धि हुदै २१०६.४८ अंकमा उक्लिएको हो। अघिल्लो पटक नेप्से सूचक ३६ अंक माथिले बढेको थियो।

आज नेपाल रिपब्लिक मिडिया सहित अन्य ९ वटा कम्पनीको सेयर मूल्य १०% ले बढेको हो। बोटलर्स नेपाल (बालाजु) , मेरो माइक्रो फाइनान्स वितिय सस्था , शिवम सिमेन्ट , नेपाल रिपब्लिक मिडिया , घोराइ सिमेन्ट, हाथ्वे इन्भेष्टमेन्ट नेपाल , मिड सोलु हाइड्रोपावर , र सोनापुर मिनिरल एण्ड आएल सेयर मुल्य १०% ले बढेको छ भने बिपिडाब्लु लघुवित वितिय सस्थाको सेयर मुल्य ९.९९% ले बढेको छ।

आज १३ वटै उपसूचक धनात्मक हुदा हाइड्रोपावर समुहको उपसुचक सबैभन्दा बढी ६९४% बढेको छ भने म्यानु एण्ड प्रो समुहको उपसुचक ४७४% ले बढेको छ।  ४४ अंकले नेप्से बढेको यस दिन ५ अर्ब ९८ करोड ४६ लाख रुपैया बराबरको १ करोड ४६ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

4 + five =