स्याङ्जा
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले शैद्वान्तिक शिक्षा भन्दा पनि चेतना सहितको सीपयुक्त शिक्षा आजको आवश्यकता भएकाले त्यस तर्फ ध्यान दिन आग्रह गर्नु भएको थियो ।
सोमबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.७ चोक ठाँटी स्थित नेपाल राष्ट्र माध्यमिक विद्यालयको आयोजनामा आयोजित खाद्य महोत्सव कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भयो ।
नगर प्रमुख भट्टराईले भन्नु कर्म सहितको र चेतना सहितको सिकाइका कारण सफलताको पक्षमा लाग्ने बताउदै सक्षम नागरिक बन्ने कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो विद्यालयले गरेको प्रयासका लागि धन्यवाद दिदै स्थानीय पाठ्यक्रम भित्र रहेका विषय बस्तुलाई सिक्ने सिकाउने र श्रम गरेर आम्दानीको पक्षमा जोड्दै जानु राम्रो पक्ष भएको कुरा बताउनु भयो ।
नगर प्रमुख भट्टराईले भन्नु भयो स्थानीय पाठ्क्रम भित्र रहेर रैथाने बाली संरक्षण र विभिन्न परिकार निर्माण गर्न सक्नु राम्रो पक्ष भएको बताउनु भयो । भोलिका दिनमा प्रभावकारी ढङ्गले सञ्चालन गर्न र अन्य विद्यालयहरुले पनि यस्तो कार्य गर्नु पर्ने र विद्यार्थीहरुको सकरात्मक चिन्तनलाई आत्मसाथ गर्दै गल्याङ नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिता राखेर अगाडि बढ्ने कुरा बताउनु भयो ।
नगर प्रमुख गुरु प्रसाद भट्टराईले यस्तो रचनात्मक पक्षमा गल्याङ नगरपालिकाले सक्दो साथ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख विश्वराज आचार्यले विद्यार्थीको व्यवहार परिवर्तन नै सिकाई भएको बताउदै आफ्नो घर र समुदायमा बन्ने परिकारहरुलाई बनाउनु क्षमता प्रस्तुत गर्नु पनि व्यबहार परिर्वतन भएको बताउदै विद्यालयले गरेको रचनात्मक कार्यका लागि धन्यवाद दिनु भयो ।
विद्यार्थीहरुले परिकार बनाउने प्रक्रियाका बारेमा बताउन सक्नु नै सिकाई भएको बताउदै त्यस कार्यले विद्यार्थी सक्षम भएको अनुभुती भएको कुरा बताउनु भयो । कार्यक्रममा बोल्दै नगर सभापति तथा गरिमा विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले घोकन्ते शिक्षा भन्दा ब्यबहारिक शिक्षालाई प्राथमिकता दिएर जानु पर्ने मा जोड दिनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.७ का वडाअध्यक्ष झविलाल पाण्डेय,गल्याङ नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख केदार राज आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
खाद्य महोत्सवमा बन तरुल, गिठा भ्याकुर, चामल, कोदा, मकैको घुमाएको सेलरोटी,चुकाउनी, गाजरको हलुवा, सिस्नोको खोले, बारा, बिरमला, अरसारोटी, इश्कुशको मम,सुन्तला,केरा,उखु लगायतका बस्तुहरु सहित २६ वटा स्टल राखेर प्रदर्शन गरिएको थियो । स्थानीय परिकार खानका लागि टपरीको प्रयोग गरिएको थियो । खाद्य महोत्सवमा राखिएका बस्तुहरु विद्यार्थी शिक्षक अभिभावकहरुको सहयोगमा बिक्री गरिएको थियो भने बिक्री गरि प्राप्त रकम विद्यार्थीहरुको हितमा खर्च गरिने विद्यालयका प्रअ राजेश शर्माले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रअ राजेश शर्माले र कार्यक्रमको सञ्चालन शिक्षक राम प्रसाद अर्यालले गर्नु भएको थियो ।