स्याङ्गजा । एउटा यस्तो अभियान जुन हजारौ युवाहरुलाई उत्प्रेरित गर्न सक्दछ, जुन अभियान युवाहरुको सक्षमतालाई सम्मान गर्दछ र युवाहरुलाई समाजप्रती उतरदायित्व बहन गर्ने बनाउदछ । हो यहि अभियान जेसीज अभियान । यहि उत्कृष्टताको अभियान नै गल्याङका जेसीज मनहरुको अभियान । गल्याङ जेसिज यस क्षेत्रका सक्रिय युवाहरुको उपस्थितिमा रहेको एक सामाजिक सस्था हो ।
२०१८ मा स्थापना भएको गल्याङ जेसीजले छोटो समयमै आफ्नो बर्चस्व कायम गर्न सफल भएको छ । One man, One year, One chair को सिद्धान्तमा रहेर हरेक बर्ष फरक ब्यक्तिले अध्यक्षको जिम्मेवारी बहन गर्दै सामाजिक उत्तरदायित्वका साथ आफुलाई समाजप्रती समर्पित गर्दछन । यसै सन्दर्भमा बर्ष २०२३ एक फरक कर्म र लगावका साथ सम्पन्न भएको छ । बर्ष २०२३ मा जेसी ऋषि बस्यालको नेतृत्वमा रहेको यो सस्था राष्ट्रिय रुपमा नै सम्मानित भएको देख्दा गर्व महसुस भएको छ । २०२३ मा सम्पन्न कार्यहरु नै यसका ज्वलन्त परिणाम रहेको पाइन्छ । जस्तै # ऐतिहासिक प्रथम गल्याङ जेसीज महोत्सब # जेसीज प्रतिक्षालयको निर्माण # रामनदीधाममा सहयोग हस्तान्तरण # बिबिध खेलकुद कार्यक्रम # जेब्रा क्रसिङको निर्माण # क्यान्सर पिडितका लागि सहयोग # उदघोषण तालिम आदि । यसका अलावा गल्याङ जेसीजका मानार्थ सदस्य आदरणीय गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराई ज्यू, पूर्व उपाध्यक्ष नगर उपप्रमुख हेमा न्यौपाने ज्यू , पूर्व सदस्य चापाकोट नगर उपप्रमुख इशा राना ज्यू साथै धर्म साहित्यमा उल्लेख योगदान पुर्याए बापत काली गण्डकी ज्ञान बिज्ञान प्रतिष्ठानका अध्यक्ष एबम परिकल्पनाकार चैतन्य कृष्ण ज्यू लगायतका ब्यक्तित्वहरु नेपाल जेसिजबाट सम्मानित हुनु गल्याङ जेसीज परिवारको लागि अत्यन्तै गर्ब रहेको छ ।
बर्ष २०२३ मा उत्कृष्ट कार्य गरे बापत Jaycees of the month and verities of prizes बाट सम्मानित भई गल्याङ जेसीजको शानलाई वृद्धि गर्नु भएकोमा बर्ष २०२३ का अध्यक्ष ऋषि बस्याल सहित सम्पूर्ण कार्य समितिलाई हार्दिक बधाई एबम धन्यवाद व्यक्त गर्दछु । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व सहित क्रिया शिलताको अपेक्षा गर्दै यस सस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।