बुटवल। नेपाल जेसिजको ५० औं राष्ट्रिय महाधिवेशन बुटवलमा मसिर २९ देखि पुस २ गतेसम्म संचालन भएको थियो। महाधिवेशनको उद्घाटन सत्रमा नेपाल जेसिजले प्रदान गर्ने १० उत्कृष्ट युवा सम्मान कार्यक्रममा ऐतिहासिक अन्वेषण, धर्म र सस्कृतिको संरक्षणमा योगदान भन्ने शीर्षकमा चोलाप्रसाद बस्याल (चैतन्य कृष्ण प्रभु) सम्मानित भएका छन्। जेसिसले प्रत्येक बर्ष नया उत्कृष्ट युवा सम्मान छनौट गरी सम्मान गर्ने गर्दछ । हिन्दु धर्मको संरक्षण गर्दै विभिन्न देशहरूमा छुट्टै पहिचान बनाउन सफल चैतन्य प्रभु जेसिसद्वारा सम्मानित भएका थिए ।

नेपाल जेसीजले विभिन्न विधामा विशिष्ट योगदान गरेका युवालाई उत्कृष्ट युवा पुरस्कार प्रदान गर्दै आएको छ। कृष्णलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमाणपत्र प्रदान गरेका थिए। चैतन्यलाई स्वर्णपदक र नगद पुरस्कार प्रदान गरिएको छ। गल्याङ जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी ॠषि बस्यालका अनुसार उनलाई पुरस्कारका लागि गल्याङ जेसीजले सिफारिस गरेको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

one × three =